आरपि उपाध्याय / नवलपरासी ,२८ माघ
विनयी त्रिवेणी गाउँपालिका बहुक्षेत्रीय पोषण कार्यक्रम दुम्किबास नवलपुरको आयोजनामा किशोरीहरुलाई मनोसामाजिक परामर्श तथा लागू औषध सम्बन्धि कार्यक्रम नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. त्रिवेणीमा सम्पन्न भएको छ।
कार्यक्रममा विनयी त्रिवेणी गा.पा. की मनोविज्ञ यमकला भट्टराईले कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रमको मर्म र भावना अनुसार विद्यार्थी भाइबहिनीहरुले तालिमको उद्देश्यलाई मन,कर्म र वचनद्वारा लागू गर्न सुझाव दिनुभएको थियो।

सोही कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका स.ई. महेश रायमाझीले अवैध रुपमा रहेको लागू औषध दुर्व्यसनी विरुद्धको अभियानमा स्कुलका बालबालिकाहरुको प्रमुख भुमिकाबाट नै यो अभियानलाई सफल बनाउन सकिने बताउदै सहजकर्ता समेत रहनु भएका रायमाझीले लागि औषध के हो र यसको सेवनबाट हुने शारीरिक र मानसिक बेफाइदा तथा कानुनी विधि, प्रक्रिया बारे जानकारी गराउनु भयो।
त्रिवेणी स्थित गण्डक ब्यारेज नाका र आसपासको इलाकामा लागु औषध सेवनकर्ता र ओसारपसारको कार्य सुक्ष्म रुपमा वृद्धि हुन थालेको संकेत पाएपछि स्थानीय प्रहरी र पालिकाले पनि रोकथाम तथा सचेतनामुलक कार्यक्रम गर्न थालिएको बताइएको छ।

सो अवसरमा विनयी त्रिवेणी वडा न.६ की वडा सदस्य योगिता सहानी,कक्षा ९ का सहभागी विद्यार्थीहरु सृष्टि पौडेल, सौगात सापकोटा र प्रज्वल लुइँटेल लगायतले प्रतिक्रिया मन्तव्य व्यक्त गर्नु भएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

