Rashtriya Dainik

दक्षिणी पर्वतको बर्राचौरबाट एच.पी.भी खोपको शुभारम्भ ।

अमृत भट्टराई /पर्वत,२८ माघ।

पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको आम्बारी माध्यमिक विद्यालय बाट एच.पी. भी खोप सञ्चालन गरिएको छ ।
पालिका भित्र रहेका १० देखि १४ वर्ष सम्मका  बालिकाहरुलाई लक्ष्यित गर्दै आजदेखि विद्यालय खोप लगाउने अभियान सुरु भएको छ।
विशेषगरी यो खोप कक्षा ६ देखि १० कक्षामा अध्यनरत छात्राहरुको उमेर समुहभित्र पर्ने किशोरीलाई खोप लगाउने गरेको छ ।


एच.पि.भी खोप लगाउन जादा विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीहरु र विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रालाई विद्यालय पुगेर खोप लगाइने विहादी गाउँपालिका स्वास्थ्य साख प्रमुख भुपेन्द नाथ पौडेलले बताउनु भयो । यो खोप लगाउन महिला स्वास्थ्यकर्मी तथा महिला स्वयंसेवीकाहरुलाई सबै वडामा परिचाल गरिने उहाले बताउनु भयो । खोप कार्यक्रम पर्वतको दक्षिणी भेगमा आज बाट सुरु भएको हो दक्षिण पर्वत को बिहादी गाउँपालिका, पैयूँ गाउँपालिका र महाशिला गाउँपालिकामा फागुन २ गतेसम्म सञ्चालन रहने छ ।


शुभारम्भ कार्यक्रममाको अध्यक्ष्ाता बिहादी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवम् वडा खोप समन्वय संयोजक गणेश शर्मा पौडेल  रहनुभएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तथा खोप संयोजक विष्णुराम विक  , बिहादी गाउँपालिका जनस्वास्थ्य अधिकृत हरि प्रसाद भुसाल , शिक्षा साख प्रमुख भिम बहादुर नेपाली वडा सदस्य लगायतको उपस्थित रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित