Rashtriya Dainik

ईन्डो नेपाल बोर्डर पत्रकार संघको त्रैमासिक बैठक देवरिया तरुअनवामा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२७ माघ

ईन्डो नेपाल बोर्डर पत्रकार संघको त्रैमासिक बैठक भारत बिहारको पश्चिमी चम्पारण स्थित देवरिया तरुअनवामा सम्पन्न भएको छ।

बोर्डर पत्रकार संघका वरिष्ठ सदस्य भारत बगहाका वरिष्ठ पत्रकार माधवेन्द्र पाण्डेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
सो अवसरमा नेपालका वरिष्ठ पत्रकार आर.पि. उपाध्यायले संघको माध्यमबाट नेपाल भारतको सिमावर्ती क्षेत्रमा हुने समस्या माथि सरकारको ध्यानाकर्षण गराइ समस्या समाधान गर्ने तर्फ कार्य गरिनुपर्ने बताउनु भयो ।


ईन्डो नेपाल बोर्डर पत्रकार संघका अध्यक्ष कौशल कुमारले पत्रकार संघको माध्यमबाट सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न सहज हुने बताउदै संघलाई सङ्ख्यात्मक भन्दा पनि गुणात्मक रुपमा अगाडि बढाउनुपर्ने कुरामाथी प्रकाश पार्नुभएको थियो।
त्रैमासिक बैठकमा नेपाल भारतका पत्रकारहरुले दुई देशको सामाजिक, साँस्कृतिक तथा रोटीबेटीको सम्बन्ध भएकै कारण यो सम्बन्धलाई अझ बलियो बनाउनु पर्ने कुरामाथी जोड दिइएको थियो भने पत्रकारिताको माध्यमबाट लागू औषध दुर्व्यसनीको विरुद्ध कडा रुपमा कलम चलाउने र असामाजिक तत्वलाई परास्त पार्ने पनि सामुहिक प्रतिबद्धता व्यक्त गरिएको संघका सचिव नत्थु शर्माले जानकारी दिनुभएको छ।


नेपाल भारतका गरि दुई दर्जन पत्रकारहरुको उपस्थिति रहेको बैठकमा भारत बिहार बगहा २ देवरिया स्थित तरुवनवाका मुखिया अन्जु देवी र मुखिया प्रतिनिधि संजय कुमारलाई उच्च समाजसेवा गरिएकोमा कदरपत्र सहित सम्मान गरिएको संघले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित