Rashtriya Dainik

देवगाउँ आय आर्जन साना किसान कृषि सहकारी संस्थाकाे २९ औं साधारणसभा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ माघ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १७ मा अवस्थित देवगाउँ आय आर्जन साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाकाे अध्यक्ष हैदर अलि माेमिनकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले ४४ लाख १३ हजार बराबरको मुनाफा प्रस्तुत गरिएकाे थियो। वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष माेमिनले कुल पुजी २ करोड १० लाख ८७ हजार बराबरको आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।

हालसम्म ७ करोड ९१ लाख कर्जा लगानी गरेको सो साधारण सभामा बोल्दै अध्यक्ष माेमिनले कृषिको आधुनिकिकरण आवश्यक रहेको बेला कृषि शहकारीले खेलेको भूमिका ठुलो रहेको बताउनुभयो । उहाले ससाना उद्दमी कृषि, पशुपालनमा आकर्शित भईरहेको बेला ग्रामीण भेगमा कृषि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । संस्थाको प्रगतिमा साथ दिने सबै सहकारीलाई धन्यवाद दिदै उहाले कृषिमै अगाडि बढ्न यस्तो सहकारीको ठुलो भूमिका रहने बताउनुभयो ।

२९ औ साधारण सभाको अवसरमा बोल्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जीवनस्तर उकास्न सहज बनाउने जीवनको साहारा देवगाव आय आर्जन साना किसान कृषि सहकारी संस्था भएको भन्दै प्रसंसा गर्नुभएको थियो । वहाँले सहकारी संस्थाले सदस्यहरूको हितमा दैनिक आय आर्जनमा सहज बनाउने लगायत थुप्रै कार्यहरूमा निरन्तरता दिँदै आइरहेको बताउनुभयो । कृषि सहकारीले किसानहरुलाई आत्म निर्भर बनाउन प्राथमिकता दिएर कृषि खेती, पशुपालन गर्ने सदस्यहरुलाई कम ब्याजमा ऋण उपलब्ध गराउँदै आइरहेकोले घरमा मात्र सीमित नभई महिलाहरुलाई आत्मनिर्भर समेत बनाएको बताउनुभयो । सहकारीले विपन्न, गरीब दलित वर्गका सम्पूर्ण व्यक्तित्वहरूलाई एक सूत्रमा बाधेर सदस्यहरूको जीवनस्तर उकास्न सहज बनाउन हितको लागी कार्य गर्दै आइरहेको बताउदै सहकारीहरुले सरकारको अर्थतन्त्रमा सुधार ल्याएको उल्लेख गर्दै संस्थाको प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै रामग्राम नगरपालिका वडा नम्बर १७ वडा अध्यक्ष कन्हैया प्रसाद काेइरी , सरावल गाउँपालिका निवर्तमान उपाध्यक्ष उत्तमा राय ,जिल्ला सहकारी संघ सदस्य प्रेम कुमारी चाैधरी ,नेपाल रेडक्रस देवगाउ शाखा सभापति रामउग्र यादव र शिक्षक राजेन्द्र तिवारी लगाएतले सहकारीको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

सहकारीले आफ्नो साधारण सभाको अवसरमा जेष्ठ नागरिक सदस्य सम्मान ,विद्यार्थी सम्मान लगायत असल ऋणि र असल बचतकर्तालाई सम्मान समेत गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित