Rashtriya Dainik

पश्चिम् अमवा खानेपानीको १२ औं वार्षिक साधारण सभा 

तुलसीराम पौडेल /रुपन्देही , माघ २७ 

रुपन्देहीको सियारी गाउँपालिका ७ पश्चिम अमवास्थित पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १२औं  वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले एक कार्यक्रमका बीच साधारण सभाको उद्घाटन गर्नुभयो। सो शर्मा बोल्दै अध्यक्ष घिमिरेले खानेपानी संस्थालाई गाउँपालिकाबाट सहयोगमा कमी नहुने बताउनुभयो।

कार्यक्रम संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता ,सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता ,उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय कोषाध्यक्ष सावित्रा रेग्मीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष झपेन्द्र राज अर्यालबाट वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष कपिल न्यौपानीबाट आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक श्रीराम न्यौपानेबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो।


संस्थाका उपाध्यक्ष सूर्यनारायण यादवको स्वागत मन्तव्य तथा संस्थाका सचिव केशवराज अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल रुपन्देहीका अध्यक्ष ध्रुव कुमार धिताल, वार्ड नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ, नेपाली कांग्रेस सियारिका अध्यक्ष गोपाल पाण्डे ,नेकपा एमाले सियारीका अध्यक्ष सन्तबहादुर कुँवर, शुद्दोधन  बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद नेपाल, खानेपानीअमवाका पूर्व उपाध्यक्ष रत्नबहादुर पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित