दोरेन्द्र खड्का /बझाङ, माघ २७ –
धनगढीको चौराहा नजिक साल्ट्र ट्रेडिंग अगाडि बसपार्क मोडमा होटेल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ ।
धनगढीको चौराहाबाट करिब एक सय मिटर अगाडि साल्ट्र ट्रेडिंग नजिक बसपार्क मोडमा उक्त होटलले आईतबार देखी सेवा शुभारम्भ गरेको हो ।
बझाङ जिल्लाको जयपृथिवी नगरपालिका वडा न ५ घर भएका राजेन्द्र थापाले धनगढी उपमहानगरपालिका २ चौराहा नजिक सुबिधा सम्पन्न होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा ल्याएका हुन् ।
सेवाग्राहीलाई सस्तो मूल्य र पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले होटल व्यवसाय थालिएको सञ्चालक राजेन्द्र थापाले बताए । थापा भन्नू हुन्छ ‘व्यवसायिक पाटो त छँदैछ, ग्राहक सन्तुष्ट भए मात्र हाम्रो लक्ष्यले सार्थकता पाउँछ’ ‘त्यसैले, सेवाग्राहीको सन्तुष्टि नै हाम्रो सफलता हुनेछ ।
सुन्दर, शान्त र रमणीय वातावरणमा सेवा उपलब्ध गराउने ध्येयले व्यवसाय सञ्चालन गरिएको हो ।
उक्त होटलमा विभिन्न स्वादमा परम्परागत नेपाली खाना तथा खाजाका परिकार, विभिन्न पेय पदार्थ र बसोबासको लागि सुविधा सम्पन्न डिल्स रूमहरू उपलब्ध रहेको सञ्चालक थापा बताउँछन् ।
युवाहरु रोजगारीका लागि विदेश गइरहँदा थापा ले भने आफु ८ बर्ष बिदेशमा बसेर फर्किएर स्वदेशमै रोजगारको सिर्जना गरी आत्मनिर्भर बन्ने प्रयत्न गर्नुले वैदेशिक रोजगारीको योजना बनाएकालाई प्रेरणा मिल्ने व्यबसायीको प्रतिक्रिया छ ।२०६४ सालमा मास्टर डिग्री गरेका थापा स्वदेशमा राेजगारि नपाएपछि बिदेशीन बाध्य भएका थिए ।आठ बर्ष साउथ काेरिया मा श्रम गरेर नेपाल फर्किनु भएका थापा अब धनगढीमै बिसेर हाेटेल व्यावसाय गर्ने भएका छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

