राजन कुमार बानिया /पर्सा ,२३ माघ
पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष जिवन रक्षा अभियान अन्तर्गत आज निशुल्क अाँखा शिबिर सम्पन्न भएको छ।
छिपहरमाई गाउँपालिकाको सहयोग तथा श्री उध्मसिलता सृजना तालिम तथा परामर्श केन्द्रको अायोजनामा र प्राबिधिक सहयोग किरण अाँखा अस्पताल को सहयोगमा निशुल्क अाँखा शिबिर वडा नं. २ टिहुकीमा रहेको बर्थिंग सेन्टरमा भएको ,वडानं १ मिर्जापुर,वडा नं ३ जयमंगलापुर र वडा नं ४ तुल्सीबर्वा ,वडा नं ५ भिस्वामा भएको अाँखा शिबिर चेकजाँच गर्दै ८ सय ५३ जनाको चेकजाँच भएको थियो भने मोतियबिन्द २६४ जनामा फेला परेको किरण अाँखा अस्पतालका शिबिर प्रमुख चन्दन सहनीले जनाएका छन।
निशुल अाँखा शिबिरमा निस्केको मोतियाबिन्दु रोगीहरुलाई बसमा लगेर किरण आँखा अस्पताल बिरगंजमा लगी निशुल्क सल्यक्रिया अप्रेसन गराउने अायोजकले जनाएका छन। निशुल्क अाँखा शिबिर २३ गते टिहुकीबाट सुरु भएको थियो। २४ गते वडा नं १ मिर्जापुर स्वास्थ्य चौकी र जयमंगलापुर स्वास्थ्य चौकी चेकजाँच हुने र २५ गते तुल्सीबर्वा स्वास्थ्य चौकी र भिस्वा चौकीमा चेकजाँच भएको थियो ।

निशुल्क अाँखा शिबिर को उद्घाटन बुधबार गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले उद्घाटन गर्नु भएको थियो। शुक्रबार शिबिरको अन्तिम दिन सम्म चेकजाँच गरि निशुल्क अौषधी बितरण गरिएको थियो भने निशुल्क अाँखा शिबिरमा मोतियाबिन्द रोगीहरुलाई अाँखा सल्यक्रिया अप्रेसन गरि निशुल्क अौषधी र चसमा समेत बितरण गरिने छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

