Rashtriya Dainik

गण्डकीबाट लुम्बिनीमा समायोजनको पहल : विनयी त्रिवेणीका दुई वडा सुस्तामा समावेश गर्न माग

आरपि उपाध्याय /त्रिवेणी ,११ असार

पुर्वी नवलपरासी विनयी त्रिवेणी वडा न.६ र ७ को जनप्रतिनिधि सहित राजनीतिक दलका प्रतिनिधि मण्डलले सुस्ता गाउँपालिका अध्यक्षलाई समावेस गरिदिने बारे ध्यानाकर्षण पत्र बुझाएका छन।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायलाई बुझाइएको समावेश गरिदिने भन्ने पत्र बारे विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ का जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरुको भेलाबाट भौगोलिक, प्रशासनिक तथा सेवा सुविधाको सहजतालाई दृष्टिगत गरी लुम्बिनी प्रदेश पश्चिम नवलपरासी स्थित सुस्ता गाउँपालिकामा समावेश गरिदिनुपर्ने भन्ने प्रस्ताव पारित भएको व्यहोरा उल्लेख गरिएको छ।

भौगोलिक विकटता,लामो दुरी पार गर्नुपर्ने लगायत कठिनाइले नागरिकहरुलाई हदैसम्मको सास्ती भोग्नुपरेकोले पुर्वी नवलपरासीभन्दा पश्चिम नवलपरासी तर्फ सहजता भएकोले विनयी त्रिवेणीको वडा न.६ र ७ लाई पश्चिम नवलपरासी अन्तर्गत सुस्ता गाउँपालिकामा समावेशको कार्य अगाडि बढाइएको बताइएको छ।

यसपुर्व दुई वडाका जनप्रतिनिधिहरुले विनयी त्रिवेणी गाउँपालिकाको गाउँ सभामा पश्चिम नवलपरासी तर्फ समावेश गर्ने सम्बन्धि पत्र बुझाइएकोमा पत्रलाई सम्बोधन गरी त्रिवेणी तर्फको दुई वडालाई सुस्तातर्फ समावेश गर्नका लागि सिफारिस गर्ने निर्णय भएको जानकारीमा आएको छ।

प्रतिनिधि मण्डलले विनयी त्रिवेणी र सुस्ता गाउँपालिकाको सिफारिस पत्रलाई दुवै जिल्लाको जिल्ला समन्वय समितिलाई ध्यानाकर्षण गरी लुम्बिनी र गण्डकी प्रदेश सरकार समक्ष समायोजनका लागि पत्रचार गर्ने तयारी भइरहेको बुझिएको छ।

सुस्ता गाउँपालिकामा समावेश सम्बन्धि पत्र बुझ्दै सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्ता गाउँपालिकामा समावेशको लागि आएको पत्रले आफू र गाउँपालिका पुर्ण रुपमा सकारात्मक रहेको बताउदै यो प्रक्रियालाई लुम्बिनी प्रदेश सरकार समक्ष आवश्यक कदम चाल्ने तर्फ पालिकाको पुर्व सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सोही क्रममा समावेश सम्बन्धि पत्रबारे सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले गण्डकी प्रदेशमा रहेको विनयी त्रिवेणीको वडा न.६ र ७ का जनताले हदैसम्म कठिनाइको सामाना गर्नुपर्ने भएकोले कानुनी जटिलतालाई गहन अध्ययन गरी पश्चिम नवलपरासीको सुस्ता तर्फ ल्याउनको लागि आफूहरूको पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित