Rashtriya Dainik

‘समृद्ध सुस्ता, सुखी सुस्ता’को लक्ष्यसहित सुस्ता गाउँपालिकाको ६० करोड ३२ लाख ७८ हजारको बजेट सार्वजनिक

आरपि उपाध्याय / नवलपरासी ,११ असार

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरिएको छ।

सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले आगामी आर्थिक वर्षमा पालिकालाई “समृद्ध सुस्ता,सुखी सुस्ता” बनाउने लक्ष्यका साथ बजेट प्रस्तुत गर्नुभएको हो।

उपाध्यक्ष चौधरीले सुस्ता गाउँपालिकालाई आत्मनिर्भर बनाउदै योजना सफल बनाउनका लागि कर प्रणालीमा संरचनात्मक परिवर्तन गरी संघ,प्रदेश सरकार संग निर्भर रहनुपर्ने बाध्यताको अन्त्य गर्दै आन्तरिक आर्थिक क्रियाकलापमा आत्मनिर्भर बनाई दिगो कर प्रणालीमा रुपान्तरण गर्दै जन उल्लेखित राजस्व संकलन गर्ने बताउनु भयो। उहाँले आर्थिक विकासतर्फ ३ करोड ५५ लाख ७० हजार,सामाजिक विकास तर्फ २३ करोड ९५ लाख ४१ हजार,पुर्वाधार विकास तर्फ १८ करोड ४२ लाख ४९ हजार, सुशासन तथा अन्तरसम्बन्धित तर्फ ७ करोड ३८ लाख ७० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ११ करोड ३१ लाख ३९ हजार बजेट घोषणा गर्नुभएको थियो।

बजेटमा चालू तर्फ ३७ करोड ३१ लाख ७८ हजार,पुजीगत तर्फ २३ करोड ९९ हजार गरी कुल बजेट ६० करोड ३२ लाख ७८ हजार रहेकोे बताइएको छ।
बजेट सार्वजनिक गर्दै उपाध्यक्ष चौधरीले गाउँपालिकाको १ करोड २५ लाख ७९ हजार योजना बाजेटको लागि नपुग हुने रकम ११ करोड २२ लाख ४८ हजार नगद मौज्दातबाट हिसाब मिलान गरिने जानकारी दिनुभयो।

कार्यक्रममा पालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षता रहेकोे थियो भने सभा सदस्यहरू,शाखा प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित