तुलसीराम पौडेल /रुपन्देही ,१३ असार
रुपन्देहीको सियारी गाउँपालिकामा आत्महत्या न्यूनीकरण तनाव व्यवस्थापन सगै हिंसा विरुद्ध सम्बन्धि ३ दिवसीय सचेतनामुलक कार्यक्रम बिहीबारदेखि सियारीमा शुरु भयो ।परिवर्तनका लागि महिला समूहको आयोजना तथा सियारी गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम संचालन गर्न थालिएको हो ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेस्वर घिमिरेले विरुवामा पानी हालेर कार्यक्रमको उद्वाटन गर्नुभयो ।
कार्यक्रम परिवर्तनका लागि महिला समूहकि अध्यक्ष रिता सेन वलिको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियोे ।
कार्यक्रमको सहजीकरण इलाका प्रशिक्षक प्रहरी कार्यालय दयानगरका प्रमुख अनिश बुढाथोकी ,परिवर्तनका लागि महिला समूहकि अध्यक्ष रिता सेनवली र सचीव सावित्रा घिमिरेले गर्नुभएको थियोे ।

संस्थाकि उपाध्यक्ष कला केसीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन संस्थाकि सचीव सावित्रा घिमिरेले गर्नुभएको थियोे ।
कार्यक्रममा टोल बिकासका पदाधिकारी ,एकल महिला ,विभिन्न महिला समूह ,एवं विद्यार्थीहरुको सहभागिता रहेकोे थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

