Rashtriya Dainik

विजयनगर गाउँपालिकामा सरसफाइ तथा चर्पी प्रयोगको अवस्थाबारे अनुगमन

बिजयनगर ,११ असार

विजयनगर गाउँपालिकाका सरसफाइ संयोजक अर्जुन बेलवासे तथा इलाका प्रहरी कार्यालय गणेशपुरका कार्यालय प्रमुख महेश कुमार आचार्यको नेतृत्वमा वडा नं. ७ अन्तर्गत लालपुर, मधनगर, गेडुवाजोत र दत्तपुर गाउँमा विशेष सरसफाइ तथा चर्पी प्रयोगको अवस्थाबारे अनुगमन गरिएको छ।

अनुगमन टोलीले स्थानीय बासिन्दासँग सरसफाइको महत्व, खुला दिसामुक्त अभियानको निरन्तरता तथा शौचालयको नियमित प्रयोगबारे जानकारी लिँदै आवश्यक सुझाव प्रदान गरेको जनाएको छ।

गाउँपालिका र प्रहरी प्रशासनको संयुक्त पहलमा गरिएको यस अनुगमनले सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ र स्वच्छ समाज निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

स्थानीय तह, सुरक्षाकर्मी र नागरिकबीचको सहकार्यबाट सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अनुगमन कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित