Rashtriya Dainik

प्याब्सन कपिलवस्तुका नयाँ पदाधिकारीहरूको शपथग्रहण सम्पन्न

कपिलवस्तु ,माघ ७ 

नीजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) कपिलवस्तुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।

आज जिल्लाकाे ताैलिहवामा प्याब्सन कपिलवस्तुका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका हुन ।
प्याब्सन कपिलवस्तुकाे १२ औं साधारणसभा तथा जिल्ला अधिवेशनमा नयाँ जिल्ला कार्यसमितिका लागि सहमति प्रयास विफल भएपछि निर्वाचनमा जांदा मुख्य दुई प्रतिस्पर्धी भएका थिए ।

साे अन्तर्गत भएको निर्वाचनमा धिरेन्द्र विक्रम सिंह ४५ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको थियाे भने उहाँका प्रतिस्पर्धी बासुदेव घिमिरेले ३२ मत मात्र प्राप्त गर्नुभएकाे थियाे । बरिष्ठ उपाध्यक्षमा तोयानाथ गैरे , उपाध्यक्ष पदमा नन्दराम सापकोटा , सचिव पदमा राजु अधिकारी ,सह–सचिव पदमा विजय कुमार गुप्ता , कोषाध्यक्षमा दिपक प्रसाद भुसाल , सह -काेषाध्यक्षमा युवराज पौडेल , सदस्यहरुमा बिनोद खनाल, डम्मर बहादुर सोमै, भोजराज पोख्रेल, विन्दु मरासिनी, विजय अधिकारी, बिष्णुमाया अर्याल, कमरे आजम, अरसद अहमद खाँ, प्रकाश विक, रफतुल्लाह मुसलमान र अनिता रिजाल समेतलाई पद तथा गाेपनियताकाे शपथ खुवाइएकाे प्रमुख निर्वाचन अधिकृत सरोज खनालले जानकारी दिनुभएको छ ।

हाेटेल तिलाैराकाेटमा भएकाे शपथ ग्रहण कार्यक्रममा प्रदेश सभा सदस्य सुधाकर पाण्डेय , गुणाखर गैह्रे , गणेश कर्ण लगायतका अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा वक्ताहरुले निजि विद्यालयप्रति राज्यकाे अवधारणा साकारात्मक नरहेकाेले सबै एकजुट भई बुलन्द आवाज उठाउनुपर्नुमा जाेड दिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित