आरपी उपध्याया / नवलपरासी
पश्चिम नवलपरासी सुस्तामा २०८२ सालको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक,विद्यार्थी र विद्यालयलाई कदरपत्र सहित सम्मान गरिएको छ।
सुस्ता गाउँपालिका शिक्षा शाखाको आयोजनामा सम्मान कार्यक्रम गरिएको हो।
कार्यक्रममा २०८२ सालमा SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ नेपाल राष्ट्रिय मा.वि. नर्सही उत्कृष्ट घोषित भएको छ।
त्यसैगरी सामुदायिक विद्यालयको शैक्षिकसत्र २०८२ मा माध्यमिक तर्फ उत्कृष्ट विषयगत शिक्षकहरुलाई सम्मान गरिएको थियो भने शैक्षिकसत्र २०८२ को आधारभूत तह कक्षा ५ को वार्षिक परीक्षामा उत्कृष्ट विषयगत शिक्षक र विद्यालयलाई पनि सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा कक्षा ८ को आधारभूत तर्फ उत्कृष्ट हुने विद्यालय ने.रा.मा.वि.नर्सहीका शिवम दुवे र बेलवानी पिरागार्डेन सुस्ता ५ की रागिना राजभर सम्मानित हुनुभएको जानकारी प्राप्त भएको छ।
समारोहमा उत्कृष्ट विद्यार्थी विवरण राख्ने विद्यालय र विद्यार्थीलाई पनि कदरपत्र सहित सम्मान गरिएको शिक्षा शाखा प्रमुख चन्द्रबहादुर ठाडा मगरले जानकारी दिनुभयो।
सम्मान कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जिम्मेवार अभिभावकबाट आफ्नो बालबालिकाको भविष्यप्रती सचेत भइ बच्चाको हेरचाह,निगरानी बढाइएमा राम्रो नतिजा आउने बताउनुभयो।
अध्यक्ष उपाध्यायले शिक्षा क्षेत्रमा आफ्नो कामप्रति जिम्मेवारी,हृदयमा इमानदारीपूर्वक गरिने कार्यको नतिजा सन्तोषजनक आउने हुँदा जिम्मेवारी र कर्तव्यवान शिक्षकलाई सदैव सम्मान गरिने तथा अल्छी र गैरजिम्मेवार शिक्षकलाई जिम्मेवार बनाउन आवश्यक कदम चालिने पनि जिकिर गर्नुभयो।
अध्यक्ष उपाध्यायले सुस्तालाई उज्यालो सुस्ता बनाउन गुरु वर्गको महत्वपूर्ण भुमिका हुने हुँदा यसतर्फ सबै सरोकारवाला निकाय अझ बढी गम्भीर भएर अगाडि बढन सुझाव पनि दिनुभयो।
सो अवसरमा वडा न.३ का वडा अध्यक्ष हरिलाल दुसाधले शिक्षा र स्वास्थ्यको क्षेत्र एक्लो प्रयासबाट अगा!नबढ्ने हुँदा त्यसतर्फ सबैको सक्रिय सहयोग हुनुपर्ने धारणा राख्दै शिक्षकले विद्यार्थीलाई अगाडि बढाउने अभियानमा अभिभावक संग छलफल र अन्तरक्रिया गर्नुपर्ने बताउनु भयो। उहाँले सामुदायिक र निजी विद्यालयलाई समान व्यवहार नभएकोमा चिन्ता व्यक्त गर्दै यसतर्फ सुधार गरिनुपर्ने धारणा राख्नुभयो।
सम्मान कार्यक्रममा शिक्षा शाखा प्रमुख चन्द्रबहादुर ठाडा मगरले सबै सम्मानित शिक्षक,विद्यार्थी र विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै गुरुहरुले एक वर्षसम्म गरेको दु:खको परिणाम सुखद भएकोमा यो खुसीले सुस्ता गाउँपालिकाको गौरव बढाएको बताउदै चालू शैक्षिकसत्रमा यो नतिजामा अझ बढी प्रगती हुने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा दिव्यज्योती क्याम्पस चिसापानीका पूर्व क्याम्पस प्रमुख सागरमणी पाण्डे,शिक्षा समितिका सदस्य अर्जुन प्रसाद पाण्डे लगायतले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालिका सावित्रा थापाले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

