आरपी उपध्याय / नवलपरासी
पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीमा हालै सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक र जनप्रतिनिधिहरु संग भेटघाट तथा परिचयात्मक कार्यक्रम बुधबार सम्पन्न भएको छ।
ईलाका प्रहरी कार्यालयमा सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक रेशमलाल पौडेल र सुस्ता तथा प्रतापपुर गाउँपालिका का वडा अध्यक्षहरु संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा सुस्ता गाउँपालिका वडा न.१ देखि ५ सम्मका वडा अध्यक्ष र प्रतापपुर गाउँपालिकाको ४,५,८,९ वडा अध्यक्षहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
भेटघाट कार्यक्रमको क्रममा जनप्रतिनिधिहरुले सिमा क्षेत्रमा किसानद्वारा गरिने क्रियाकलापहरुमा केही व्यवहारिक रुप पनि हेर्नुपर्ने तथा ईलाका क्षेत्रहरूमा नियमित गस्ती गरिनुपर्ने कुरा सुझाव दिएका थिए।
उनीहरूले लागू औषध दुर्व्यवसनिय विरुद्ध प्रहरी प्रशासन कडा रुपमा प्रस्तुत हुनुका साथै जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने तथा ट्राफिक सचेतना कार्यक्रम गर्न आग्रह गरेका थिए।
सो अवसरमा प्रहरी निरीक्षक पौडेलले जनप्रतिनिधिहरुद्वारा उठाइएको मुद्दालाई आफू र मातहतका युनिटले नियम,कानुनको परिधिभित्र रहेर नागरिक केन्द्रित कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
प्रहरी निरीक्षक पौडेलले ई.प्र.का. बेलाटारी अन्तर्गतका क्रियाशील पत्रकारहरु संग भेटघाट सहित परिचयात्मक कार्यक्रम गरेका थिए।
उक्त अवसरमा ई.प्र.का. बेलाटारी अन्तर्गत हुने घटना,दुर्घटना लगायत सुचनालाई समयमै उपलब्ध गराउन आग्रह गरिएको थियो।
सोही क्रममा पुर्व प्रहरी,कर्मचारीहरुले पनि प्रहरी निरीक्षक पौडेल संग भेटघाट सहित परिचयात्मक कार्यक्रम गरेका थिए।
उनीहरूले पुर्व प्रहरीको स्थानीय समस्याबारे निरीक्षक पौडेललाई अवगत गराएको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

