Rashtriya Dainik

विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका वडाहरुमा भएको बजार अनुगमन जारी

आरपि उपाध्याय / नवलपरासी ,६ माघ

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका केही वडाहरुमा भएको बजार अनुगमन कार्य आइतबार पनि जारी रहेको छ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले सम्बन्धित सरोकारवाल कार्यालयहरुको समन्वयमा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ को त्रिवेणी बजारमा दुई दर्जन भन्दा बढी पसलहरुमा अनुगमन कार्य भएको हो।
सहायक जिल्ला प्रमुख अधिकारी माधव प्रसाद शर्माको नेतृत्वको टोलीले त्रिवेणी बजार स्थित किराना, मिठाइ,मासु,मदिरा लगायत पसलहरुको अनुगमन गरिएको थियो।
अनुगमनको क्रममा पसलहरुको दर्ता भए नभएको,सफाइ भए नभएको, अखाद्य वस्तु भए नभएको र नवीकरण भए नभएको बारे अनुगमन गरिएको प्रशासकीय अधिकृत रबिन्द्र ढुंगानाले जानकारी दिनुभयो।


अनुगमन कार्यमा वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह, खाद्य प्रवृत्ति तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयका संतोष राना मगर,पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख निर्मल राज बराल,ईलाका प्रहरी कार्यालय त्रिवेणीका जनशक्ति सहितको टोलीले अनुगमन गरेको थियो।
अनुगमन टोलीले प्रचलित कानुनले लक्षित गरे अनुसार सञ्चालन नभएका पसलहरुलाई तत्काल प्रक्रिया पूरा गरेर पसल सञ्चालन गर्न सुझाव दिइएको जानकारी प्राप्त भएको छ।
अनुगमन टोलीले त्रिवेणी बजार अनुगमन गर्दा केही गैरकानुनी रुपमा सञ्चालन भएका पसल बन्द गरेको दृश्य पनि देखिएको एक अनुगमन कर्ताले बताएका छन।


पसलेहरुले अनुगमन समितिले अनुगमन गरेको कार्यलाई सकारात्मक रुपमा लिएको बताउदै अनुगमनबाट आफुहरुको मनोबल उच्च भएको प्रतिक्रिया दिएका छन।
अनुगमनमा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी शर्मा समेतको टोलीले नेपाल टेलिकम त्रिवेणी भन्सार कार्यालय र हुलाक कार्यालयमा पनि छड्के अनुगमन गरिएको जानकारी प्राप्त भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित