Rashtriya Dainik

भुजहवामा युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ

बिनाेद निगम / नवलपरासी ,५ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ भुजहवामा‌ एक युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

सरावल गाउँपालिका-७ भुजहवा घर भएका २२ वर्षीय अंगद चौहानको पुस २९ गते सोमबार राति हत्या गरेको अभियोगमा सरावल गाउँपालिका-७ भुजहवाका २ जना‌लाई गएको मङ्गलबार प्रहरीले पक्राउ गरेको थियो ।

सरावल गाउँपालिका-७ भुजहवा घर भएका २२ वर्षीय अंगद चौहानको आफ्नै घरमा हत्या भएको भन्ने खबर प्राप्त हुनुको साथ इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले शंकाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित