आरपि उपाध्याय / नवलपरासी ,५ माघ
पुर्वी नवलपरासीको विनयी त्रिवेणी वडा न.२ र ७ मा बजार अनुगमन भएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको नेतृत्वमा आएको टोलीले विनयी त्रिवेणी २ को दाउन्ने र वडा न.७ को रानीनगर तथा ब्यारेज पुलको बजार अनुगमन गरेको हो।
अनुगमन टोलीले दाउन्ने बजारका स्थानीय पसलेहरुलाई कानुन सम्मत ढङ्गबाट पसल दर्ता गराइ विधि र प्रक्रियागत रुपमा आफ्नो व्यापार गर्न गराउन सुझाव दिइएको जानकारीमा आएको छ।

त्यसैगरी अनुगमन टोलीले विनयी त्रिवेणी ७ को रानीनगर र ब्यारेज पुलको बजारमा छ्ड्के अनुगमन गरेको थियो।
अनुगमनको क्रममा ती दुई बजारका एक दर्जन पसलहरुको अनुगमन भएको टोलीले बताएको छ।
किराना पसल,मिठाइ पसल,औषधि पसलहरुको अनुगमन गरि पसलहरु नविकरण भए नभएको,मुल्य सुचि राखिएको नराखिएको,म्याद गुज्रिएको सामाग्री र अखाद्य वस्तु विक्री वितरण भए नभएको जानकारी लिदै गैरकानुनी रुपमा कुनै पनि पसल सञ्चालन गर्न नपाइने बारे सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो।
गण्डक ब्यारेज पुलमा रहेको केहि मिठाइ पसलहरुमा अनुगमन गरि केहि मिठाइ अखाद्य रहेको ठहर गरि नष्ट पारिएको थियो। ब्यारेज पुलमै केहि पसल गैरकानुनी रुपमा सञ्चालन भएको पाइएकोमा त्यस्ता पसललाई अविलम्ब मूल्य सुची कायम गरि पसलको तत्काल दर्ता गर्न सुझाव दिइएको बताइएको छ।
अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका शाखा अधिकृत रबिन्द्र ढुंगाना,पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख निर्मल बराल,विनयी त्रिवेणी गाउँपालिका का प्रशासन प्रमुख यम पौडेल,स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्ले लगायतले अनुगमन गर्नुभएको थियो।

अनुगमनकै क्रममा सहायक प्र.जि.अ. शर्माले अखाद्य पदार्थ विक्री वितरण गर्न नपाउने सुझाव दिदै प्रत्येकको घरमा पुग्न नसकिए पनि यो अनुगमनको सन्देश दिने कार्यक्रम रहेको जनाउदै चेतना र समझदारीको लागि नागरिकले कानुन सम्मत ढंगमा कार्य गर्न सुझाव दिएको बताउदै शर्माले अटेरी गर्नेलाई कानुन सम्मत ढंगले कारवाही गर्ने पनि प्रष्ट पार्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

