Rashtriya Dainik

डिआईजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,५ माघ

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच दुई पक्षिय बैठक सम्पन्न भएको छ।
पाल्पा जिल्लाको तिनाहु -३ मा अवस्थित लुम्बिनी केवलकार बुटवल हिलमा शुक्रबार डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पाल र भारतीय समकक्षी सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर खेरीका डिआईजी बी.विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहको नेतृत्वमा समन्वयात्मक बैठक सम्पन्न भएको थियो ।


बैठकमा नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना लगायत बाहिनी मातहत गणका गणपति र भारतीय सशस्त्र सीमा बलका बटालियन कमाण्डेरहरुको समेत उपस्थिती रहेको जानकारीमा आएको छ ।

सम्पन्न बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, समयमै सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचनाहरुलाई संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण, सीमा अपराधहरु जस्तैः मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करीे नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषयमा छलफल भएको बताइएको छ ।

त्यसैगरी बैठकमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरुलाई समेत निरन्तरता दिईने छलफल भएको बुझिएको छ ।


बैठकमा बरिष्ठ उपरीक्षक तिउसीनाले स्वागत मन्तव्य राख्नुकासाथै नेपाल–भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरु र त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै यस किसिमका नियमित बैठकहरुको संचालनले नेपाल भारत सीमासँग सम्बन्धित समस्याहरु तत्काल समाधान गर्न थप सहयोग पुर्याउने बताउनुभयो ।
यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच डिआईजी स्तरीय समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित आईसिपी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित