आरपि उपाध्याय / नवलपरासी , ४ माघ
पश्चिम नवलपरासी नारायणी नदी वारिपारिको सुस्ता जोड्ने झोलुङ्गे पुलमा अव्यवस्थित मोटरसाइकलको आवगमनले पुलको भविष्य जोखिममा पर्न थालेको छ।
नारायणी नदी पारिको सुस्तामा बसोबास गर्ने नेपालीहरुको कष्टकर दिनचर्यालाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा झोलुङ्गे पुल निर्माण गरि उद्घाटन पछि पुलमा मोटरसाइकल रेस तथा ठूलो सङ्ख्याका नरनारीहरुबाट टिकटकको केन्द्रविन्दु बन्दा पुलको भविष्य नै खतरामय बन्न पुगेको हो।
नेपालको सबैभन्दा लामो १,५०० मिटरको लामो पुल अहिले नेपालभन्दा भारत तर्फका मानिसहरु मोटरसाइकलमा ४ व्यक्ति बोकि आवतजावत गर्ने र चाडपर्वको समयमा एकैपटक हजारौंको सङ्ख्याका आन्तरिक पर्यटक झोलुङ्गे पुलमै बसेर रमाइलो सहितको नाचगान गर्दा पुलको अवस्थाबारे नारायणी पारिको सुस्ता बासीहरुले चिन्ता व्यक्त गर्न थालेका छन।
सोही सन्दर्भमा सुस्ताको झोलुङ्गे पुल संरक्षण तथा विकास समितिको एक प्रतिनिधि मण्डलले शुक्रबार सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको ध्यानाकर्षण गरेको छ।
प्रतिनिधि मण्डलमा औरन्जेब खाँ, सौकत अली छोटे खाँ र कमल हरिजन लगायतको प्रतिनिधि मण्डलले सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको ध्यानाकर्षण गर्दै झोलुङ्गे पुलको चरम दुरुपयोग रोक्न आग्रह गरेको जानकारीमा आएको छ।
सो बारे अध्यक्ष उपाध्यायले झोलुङ्गे पुलबाट अत्यधिक गतिका साथ मोटरसाइकल आवतजावतमा रोक लगाइनु पर्छ,पुलमा मानिसको आवतजावत रोक्न नमिल्ने हुँदा त्यसलाई व्यवस्थित गर्नुपर्ने कार्यमा पालिका प्रतिबद्ध छ,भन्दै पुल निर्माण गर्ने कम्पनीले पुल निर्माण गर्दा कै बखतमा मोटरसाइकल आवतजावतमा रोक लगाउन ब्रेकर बनाउनु पर्थ्यो, त्यो कार्य नहुदा अर्को समस्या आएको हो, त्यस्ता खाले भिडभाड रोक्न गाउँपालिकाको बैठक बसि आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनु भएको जानकारी प्राप्त भएको छ।

यस पुर्व पनि झोलुङ्गे पुल संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको ध्यानाकर्षण गराइए पनि पुर्ण संरक्षण सम्बन्धमा कुनै प्रक्रिया अगाडि नबढेको संरक्षण समितिले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

