राष्ट्रिय दैनिक / नवलपरासी ,३ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २, मनरीमा १९ औं खीचडी(माघी) महोत्सव मेला सम्पन्न भएको छ।
सरावल गाउँपालिका र सरावल २ वडा कार्यालयकाे सहयोग एवं श्रीराम युवा प्रतिष्ठान मनरीकाे आयाेजनामा प्रतिष्ठान अध्यक्ष चक्रमणि चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा मेलाकाे सम्पन्न भएको हाे।

मेला समापन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले मनरीकाे माघी मेलाद्वारा थारू समुदायको कला, संस्कृति र मौलिक लोकनाच संरक्षण गर्न मद्दत भएको बताउनु भएको हाे। अध्यक्ष चाैधरीले मनरीकाे माघि मेला नेपाललाई प्रतिनिधित्व गरेको बताउदै थारु समुदायकाे कला संस्कृति विश्वब्यापि रुपमा छाएको समेत चर्चा गर्नुभएको थियो ।महोत्सवले नयाँ पुस्तालाई थारु समुदायकाे ईतिहासका विषयमा जानकारी गराउनुका साथै भेषभुषा र परम्परागत सामाग्रिको प्रर्दशनीले पुराना परम्परा ताजगि गरेको समेत चर्चा गर्नुभएको थियो । मेला स्थलमा थारु सांस्कृतिक पार्क बनाउनुका साथै थारु कला सीप प्रशिक्षण केन्द्र समेत स्थापनाका लागि केन्द्र , प्रदेश र स्थानीय तहकाे महत्त्वपूर्ण याेगदान रहने बताउनुभएको हाे। अब अगामी दिनमा कला संस्कृतिसंगै राेजगार समेत सृजना गरिने बताउदै मेला स्थलकाे बिकासका लागि आफुबाट हुने सहयोग साथ दिने प्रतिबद्धता सहित माघिकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै साे कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन, निवर्तमान पालिका अध्यक्ष राधेश्याम चाैधरी , प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृपाकाैशल चाैधरी लगाएतले खिचडी पर्बकाे चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा थारु समुदायको स्टल ,खानाकाे परिकार सहित माैलिक सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
पुस २९ गतेदेखि सन्चालन भएको मेला माघ २ गते सम्पन्न भएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

