Rashtriya Dainik

दाउन्नेको बैकल्पिक मार्ग देखि पर्यटन प्रवर्द्धनका लागि मुख्यमन्त्री सग छलफल

नवलपरासी , ३ माघ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण बिच नगर बिकासका बिबिध बिषयमा छलफल भएको छ ।

मुख्यत: नगरको पर्यटन प्रबर्द्धन र सडक पुर्वाधार लगायतका बिषयमा छलफल भएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

दाउन्ने सडकको बिकल्पका रुपमा लुम्बिनी प्रदेशको बर्दघाट नगरपालिका र गण्डकी प्रदेशको दुम्किवासस्थित डाँडाजोर जोड्ने सडक निर्माणका लागि पहल गरिदिन मुख्यमन्त्री आचार्यसग पहल गरिदिन आग्रह गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यसरी गरि बर्दघाट नगरपालिकामा रहेका बुद्ध मङ्गल ताल,कन्चनगढी र सिमसार क्षेत्र लगायत पर्यटनको ठूलो सम्भावना बोकेको पर्यटकिय स्थलको बिकासका लागि बजेट बिनियोजन गरिदिनका लागि पहल गरिएको श्रेष्ठले बताउनु भयो ।

“दाउन्नेको बैकल्पिक मार्ग निर्माण र नगरभित्रका पर्टकिय स्थलको बिकासका लागि छलफल गरेका छौ,बजेट बिनियोजनका लागि पनि आग्रह गरेका छौ,बर्दघाट लुम्बिनी प्रदेशको प्रवेशद्वार भएकाले पनि मुख्यमन्त्री जि सकारात्मक देखिनु भएको छ हामी आशाबादी छौ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित