Rashtriya Dainik

माघे संक्रान्ति विशेष: लहानमा नि:शुल्क सेवा कार्यक्रम सम्पन्न

महेश सिंह सिरहा, लहान- देशभर थारू समुदायका साथै अन्य समुदायहरूले माघ १ गते माघे संक्रान्ति पर्व उल्लासका साथ मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले यस पर्वलाई मकर (माघे) संक्रान्ति भनिन्छ।

यस दिनदेखि उत्तरायणको सुरुवात हुने भएकाले दिन छोटो र रात लामो हुने क्रम उल्टिएर दिन लामो हुँदै जान्छ। यस अवसरमा स्नान, ध्यान, जप, तप र दानजस्ता धार्मिक कार्यलाई पुण्यदायक मानिन्छ।

यसै अवसरमा लायन्स क्लब अफ लहान फूलबारीले सामाजिक सेवामा महत्वपूर्ण योगदान गर्दै लहान बजारस्थित दुर्गा मन्दिर नजिकै नि:शुल्क चिया, पानी, बिस्कुट र कपडा वितरण कार्यक्रम आयोजना गरेको छ।
संस्थापक अध्यक्ष राकेश झाको संयोजनमा सम्पन्न यो कार्यक्रममा बर्ष २०२४/२५ का अध्यक्ष शंकर प्रसाद गुप्ता, निवर्तमान अध्यक्ष राजा बाबु साह, र जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडास डा.रितेश गिरी एल आर एल संचालक बिजय कुमार यादव, डा.बिनय यादव , लहान जेसिजका निबर्तमान अध्यक्ष उमेश यादव मनिष सारडा लाल्यन्स उपेन्द्र यादव, हितका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष शंकर प्रसाद गुप्ताले जानकारी दिनु भयो।

कार्यक्रममा स्थानीय जनसमुदायको उत्साहपूर्ण सहभागिता देखिएको थियो। माघे संक्रान्तिको पवित्रता र सामाजिक उत्तरदायित्वलाई एकैसाथ आत्मसात् गर्दै लायन्स क्लबले यो कार्य समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

उक्त कार्यक्रममा वृद्ध आमा संन्त बुवा र निमुखा गरिब दलितहरुलाई जाडाेबाट जोगिन कपडा वितरण गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित