Rashtriya Dainik

माघी पर्वले नयाँ युवापुस्तालाई पुराना संस्कार र संस्कृति हस्तान्तरण गरेको छ : पुर्वमन्त्री कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी ,१ माघ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १२, चाैपत्तामा १८ औं खीचडी(माघी) महोत्सव कार्यक्रम सुरु भएको छ।

सम्झना महिला समूह तथा श्री ब्रह्मबाबा युवा प्रतिष्ठानकाे संयुक्त आयाेजनामा एक कार्यक्रम बिच पुर्व मन्त्री देबेन्द्रराज कण्डेलले मेलाकाे उदघाटन गर्नुभएको हाे।

सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्वमन्त्री कण्डेलले माघि पर्व नेपालमा मात्र नभएर देश बिदेशमा समेत मनाउन थालिएको बताउनुभएको हाे। थारु समुदायकाे कला संस्कृति विश्वब्यापि रुपमा छाएको समेत चर्चा गर्नुभएको थियो । नेता कण्डेलले सबैले आ आफ्नो धर्म रितिरिवाज संस्कृति बचाउन लाग्नुपर्छ । अधिकार मागेर नमिल्ने भएकोले अधिकारकाे लागि लड्नुपर्ने समेत बताउनुभएको थियो । सबैले सबैको पर्वलाई उत्साह उल्लासका साथ मनाउनु पर्ने बताउदै सबै समुदायले एक आर्काको सम्मान अनि संस्कृति जगेर्ना गर्नु दायित्व रहेको बताउनुभएको थियो । साथै याे माघी पर्वले नयाँ युवा पुस्तालाई पुराना संस्कार र संस्कृति हस्तान्तरण गर्न मद्दत कुरा राख्दै माघिकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै साे कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बिश्वप्रेम पाठक , बर्दघाट नगरपालिका नगरप्रमुख शम्भुलाल श्रेष्ठ ,थाकस केन्द्रीय सदस्य सुर्यमान चाैधरी लगाएतले खिचडी पर्बकाे चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा थारु समुदायको खानाकाे परिकार सहित माैलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

सम्झना महिला समूह अध्यक्ष रमिता चौधरीकाे अध्यक्षता तथा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पुर्वमन्त्री देबेन्द्रराज कण्डेललकाे प्रमुख आतिथ्यतामा मेलाकाे सांस्कृतिक कार्यक्रम समुदघाटन भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित