अमृता सुनार/नवलपरासी ,१९ पुष
प्रगतिशील महिला समुहको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन प्रगति बाल उद्यान सुनवल १ सोमनाथमा सम्पन्न भएको छ । महिला समुहकी अध्यक्ष गोमा आचार्यको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा समुहको प्रगति प्रतिवेदन महिला समुहकी अध्यक्ष गोमा आचार्यले प्रस्तुत गर्नुभएको प्रतिबेदनमा समुहले बिगत देखि हाल सम्म गरेका गतिविधि लगाएत विभिंन्न कार्य सम्पादन गरिएको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। आर्थिक प्रतिबेदन समुहको कोषाध्यक्ष मन्जु पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनमा आम्दानी १ लाख १५ हजार ६ सय ६ र खर्च तर्फ ७५ हजार ५ सय ४५ गरि जम्मा बचत ३६ हजार ६ सय १ रुपैया रहेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष मन बहादुर थापा, वडा सदस्य कृष्ण बहादुर छेत्री, बाल कुमारी परियार, सर्वाङ्गिण कृषि सहकारीका अध्यक्ष खगराज उपाध्याय, विशासय वन उपभोक्ता समुहको अध्यक्ष गङ्गा प्रसाद घिमिरे, राम प्रसाद पोखरेल, लाल बहादुर चोखाल, भिम बहादुर पाण्डे लगएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । समुहकी उपाध्यक्ष दुर्गा कुमारी काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिब मन रुपा पाठकले गर्नुभएको थियो ।

आजै सम्पन्न तेस्रो अधिवेशन बाट दुर्गा कुमारी काफ्लेको अध्यक्षतामा १३ सदस्यीय प्रगतिशील महिला समुह गठन भएको छ । जसको उपाध्यक्षमा मन्जु कंडेल सचिवमा शोभा ढकाल, उप सचिबमा तारा के सी, कोषाध्यक्षमा दुर्गा उपाध्याय र सदस्यहरुमा क्रमश रन्जिता पौडेल, कृति क्षेत्री, सावित्री कवर, सीमा नेपाल, सरस्वती तिमिल्सिना, बिष्णु माया कंडेल, जमुना हमाल र भावना भुसाल चयन हुनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

