Rashtriya Dainik

चार दिने उद्घोषण तथा भाषण कला तालीम समापन

अमृता सुनार/सुनवल,१८ पुष

ब्रहामण क्षेत्री कल्याणकारी कोष सुनवलको आयोजनामा चार दिने उद्घोषण तथा भाषण कला तालीमको आज समापन भएको छ । ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालीमको सहजीकरण पत्रकार कुस्माकर ढकाल (कृष्ण)ले गर्नु भएको थियो । ४ दिन सम्म सञ्चालन भएको तालीमको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरणगरिएको थियो ।

ब्रहामण क्षेत्री कल्याणकारी कोष सुनवलका अध्यक्ष हिमलाल पराजुलीको अध्यक्षता एवम हरिहर ॐ कारेश्वर मन्दिरका अध्यक्ष विण्णु प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागिहरुले बोल्दै आफुहरुले अहिले सम्म विभिन्न प्रकारका तालीमहरु लिएको तर त्यसको सदुपयोग नभएको अनुभव सुनाउदै यस पटकको तालीम भने अहिले बाट नै व्यवहारमा आउन शुरु भएको बताएका थिए । उनीहरुले बोल्ने कलाको विकास भएका आफ्नो व्यापार व्यवसायमा पनि सफल हुने संकेत पाएको अनुभव गर्दै तालीम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद प्रकट गरेका थिए ।

सुनवल सामुदायिक बचत तथा ऋण सहकारीका उपाक्ष्यक्ष तथा संस्थाकी सदस्य सुशिला ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा विष्णु प्रसाद चापागाई, संस्थापक अध्यक्ष खगेश्वर पराजुली,भरत भुसाल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन कार्य समिती सदस्य सरस्वती चापागाईले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित