Rashtriya Dainik

नेपाल निजामती कर्मचारी युनियन सरावलको अध्यक्षमा अशाेक पाण्डेय निर्विरोध चयन

राष्ट्रिय दैनिक / नवलपरासी ,१७ पुस

नेपाल निजामती कर्मचारी युनियन सरावल गाउँपालिकाको बुधबार सम्पन्न दाेस्राे गाउँभेला तथा अधिवेशनबाट अशाेक कुमार पाण्डेयको अध्यक्षतामा कार्यसमिति चयन भएको छ।

युनियनको महिला उपाध्यक्षमा बबिता कार्की , खुल्ला उपाध्यक्षमा हेमन्त चाैधरी , सचिवमा सुर्य लिम्बू , सहसचिवमा मनिषा खत्री र कोषाध्यक्षमा डाेल्मा लामा चयन भएकी छिन्।

सदस्यहरुमा साेनिया चाैधरी ,सन्ताेष सिंह राय,मेहताब खान ,नरसिंह प्रसाद चाैधरी ,निरज प्रजापति ,अब्दुल रज्जाक ,बिजय बहादुर चाैधरी ,सुरज चाैधरी रहेका छन्।

युनियनका अध्यक्ष राजन बस्यालकाे अध्यक्षता तथा निवर्तमान सरावल गाउँपालिका अध्यक्ष एवं काङ्ग्रेस नेता राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यमा भएको दाेस्राे गाउँभेला तथा अधिवेशन सम्पन्न भएको हाे।

गाउँभेला तथा अधिवेशन कार्यक्रमलाई सम्बाेधन गर्दैन नेता चाैधरीले प्रक्रिया भन्दा पनि परिणाम देखिने गरी काम गर्नुपर्ने र जनतालाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन युनियनले भूमिका खेल्नुपर्ने बताउनुभएको थियोे ।

त्यस्तै कार्यक्रममा काङ्ग्रेस जिल्ला काेषाध्यक्ष उत्तमा राय ,नेपाल निजामती कर्मचारी युनियन नवलपरासीकाे अध्यक्ष सनद कुमार गिरी ,काङ्ग्रेस सरावल उपसभापति महेन्द्र चाैधरी,नेपाल निजामती कर्मचारी युनियन नवलपरासीकाे सल्लाहकार संयाेजक पशुपति भट्टराई ,सरावल ५ वडा अध्यक्ष लक्षुमण प्रसाद चाैधरी , सरावल ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , सरावल २ कार्यवाहक अध्यक्ष तुफानीलाल गुप्ता , सरावल गाउँपालिका लेखा अधिकृत नारायण पाण्डेय ,प्रेस युनियन नवलपरासीको अध्यक्ष उमेश बि.क लगाएतले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित