Rashtriya Dainik

बज्राचार्य कार्यकालका सफल कोषाध्यक्ष जसले पुर्याए २० लाख पत्रकार कल्याणकारी कोष

कपिलवस्तु, पुष १०

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अन्र्तरगतको पत्रकार कल्याणकारी कोषमा २० लाख रकम पुर्‍याएर नयाँ समितिलाई हस्तान्तरण गरिएको छ ।
पत्रकार महासंघ कपिलवस्तु शाखामा एक५ कार्यक्रमका विच सो रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दै शाखा का नि वर्तमान समिति र कोषाध्यक्ष मोहन बेल्वासेको सुशासनका लागि परदर्शी अभियानले सो रकम बचत गर्न सफल भएको शाखा अध्यक्ष किरणमान बज्राचार्यले बताए ।
पद हस्तान्तरण कार्यक्रममा नयाँ समितिलाई स्वागत गर्दै उपाध्यक्ष हरि अधिकारीले महासंघमा विभेदपुर्ण शुद्धिकरण रहेसम्म पत्रकार महासंघको विवाद अन्त्य नहुने बताए ।
पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष डिलाराम भुषालले शुद्धिकरणमा भएका गल्ती कमजोरी आगामी दिनमा सच्याएर जाने बताए ।
निर्वाचन समितिका संयोजक सरोज खनाल, लुम्बिनी प्रदेश सदस्य सरिता थारु, लुम्बिनी प्रदेशका नि वर्तमान अध्यक्ष बसन्त गिरी, लगाएतले पत्रकारहरुको क्षमता विकास र श्रीजनशिलतामा जोड दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ केन्द्रिय सदस्य विकास बन्जाडेले समाजमा पत्रकारहरुको भुमिकामा प्रश्न चिन्ह नउठ्‌ने गरि काम गर्नुपर्नेमा जोड दिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित