आरपी उपध्याय / नवलपरासी
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.६ र ७ वडा कार्यसमितिको संयुक्त आयोजनामा “नेपाली काङ्ग्रेस सय दिने विशेष अभियान” २०८१ एक कार्यक्रमका बिच त्रिवेणीको शिवपुरगढीमा सुरू भएको छ।
नेपाली काङ्ग्रेस वडा न.६ का वडा सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा विशेष कार्यक्रम सुभारम्भ भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका प्रतिनिधि सभा सदस्य विष्णु कुमार कार्कीले नेपाली काङ्ग्रेसलाई अझ बढी क्रियाशिल बनाउन टोल र वडा कार्यसमितिलाई चलायमान बनाउनु पर्ने बताउदै काङ्ग्रेसका कार्यकर्ताहरुले आपसी मत,मतान्तर र विवादलाई त्याग गरि पार्टी संगठनलाई मजबुत बनाउनुको साथै स्थानीय स्तरमा हुने विकास निर्माणमा पनि सक्रिय योगदान हुनुपर्ने जिकिर गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य कार्कीले एक प्रसङ्गमा आफ्नो बाँकी ३ वर्षीय अवधिमा त्रिवेणी दुम्किबास सडक खण्ड निर्माण गरेरै छाड्ने धारणा पनि राख्नुभएको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेले नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु नेता मुखी नभएर जनता प्रती उत्तरदायी हुनुपर्ने विचार व्यक्त गर्दै भातृ संगठनलाई क्रियाशिल अवस्थामा अगाडि बढाउनुपर्ने बताउनु भयो।
विशेष कार्यक्रममा उपस्थित एक दर्जन कार्यकर्ताहरुले प्रत्यक्ष अन्तर्कृयामा सहभागी रहदै उनीहरूले गुट र फुटको राजनीति त्याग्नुपर्ने ग्रामीण भेगमा रहेका कार्यकर्ताहरुको सुखदुःखमा साथ दिनुका साथै विगत स्थानीय निर्वाचनमा अनुशासनहिन काम गर्ने नेता तथा कार्यकर्ताहरुलाई कारवाही गर्नुपर्ने सुझाव दिएका थिए।
सो अवसरमा महासमिति सदस्य गणेशमान श्रेष्ठ,नेपाल महिला संघकी केन्द्रिय सदस्य कमला पराजुली,तरुण दलका विशाल सिंह भण्डारी लगायतले पार्टीको गतिविधि र संगठन बलियो बनाउन आफ्नो तहबाट सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो।
सय दिने विशेष कार्यक्रममा जिल्ला प्रतिनिधि निरन्जन थापा र आर.पि. उपाध्यायले कार्यक्रमको उद्देश्य सहित प्रशिक्षण दिनुभएको कार्यक्रम सञ्चालक प्रकाश कुवरले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

