Rashtriya Dainik

नागरिक प्रति उत्तरदायी प्रभावकारी एवं गुणस्तरीय सेवा प्रवाह नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

कविता परियार/भैरहवा,१० पुस

इलाका प्रहरी कार्यालय बेलहियाले आयोजना गरेको नागरिक प्रति उत्तरदायी प्रभावकारी एवं गुणस्तरीय सेवा प्रवाहको लागि नागरिक सुनुवाई कार्यक्रम
भैरहवामा सम्पन्न भएको छ।
जिल्ला प्रहरी रुपन्देहीका प्रवत्ता एवम प्रहरी नायब उपरीक्षक सुरज कार्कीको अध्यक्षता तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम भएको हो।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मन्जित कुमार यादवले पछिल्लो समयमा बच्चा देखि युवा बच्चाहरूले पनि लागुपदार्थ सेवन तथा दुर्वेशनिमा फस्दै गएको बताउनुभयो छ। लागु औषध निराकरण गर्नका लागि समाजका सबै मिलेर पहल गर्ने वाल विवाह नियन्त्रण र बाटो घाटो विकास गर्ने सन्दर्भमा पनि चर्चा गर्नु भएको हो।

त्यसै गरि कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनु भयो नागरिकको गुनासो कसरी सम्बोधन गर्ने जनताले प्रहरी माथि विश्वास तब समाजमा शान्ति,सुरक्षा,अमन, चयन अपराध नियन्त्रण विभिन्न गैरकानुनी कार्यको न्युनिकरण हुन्छ। इलाका प्रहरी कार्यालयले जनताको गुनासो सुनुवाई गर्नका लागि बार्षिक रुपमा ठाउँ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम राख्दै गुनासोको संशोधन गर्दै आइरहेको नागरिकले दिएको साथ सहयोग सुचनाकै आधारमा अनुसन्धान र नियन्त्रण गर्ने नागरिक सुचनाको स्रोत भएको स्थानीय नागरिक हुन्। कुनै प्रहरी पनि गलत हुन सक्ने विभिन्न क्षेत्रमा अपराध गर्ने व्यक्तिहरू पनि गलत हुन सक्छन् नागरिकले आफूले पाएको सूचना आफैमा राखेमा गलत काम गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी असमर्थ हुने बताउनु भएको छ। जनताले पारदर्शी प्रहरी खोजेको समयमै गुनासो सुनुवाई राजनितिक दलको भनसुना आयो काम गर्दिनु पर्यो भनेर अनुरोध आयो भने मात्र प्रहरीले काम गर्ने सही नभएको बताउनुभयो। उहाले नागरि बर्दि बिनाको प्रहरी र प्रहरी बर्दि भएको नागरिक भएको बताउनु भएको छ।
कामको प्रकृति अनुसार कुनै काम लामो समय निरन्तर लागेर गर्नु पर्ने अपराध अनुसन्धान गर्ने हुन्छ छोटो समय मा हुने काम लामो समय सम्म प्रहरीले अल्झाएमा सिधा कार्कीलाइ बताउन आग्रह गर्नुभयो। बढ्दै गएको लागुऔषध दुर्व्यसन चोरीका घटना न्युनिकरण गर्नका लागि पहल गरिरहेको बताउनुभएको छ।
तेस्तै गरि ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर कुमार पाण्डेले सिमा पारीबाट मलखाद लगायत अन्य सामानहरु भारतबाट ल्याउन सहज वातावरण बनाउन समेत अनुरोध गर्नु भएको छ।

यस्तै गरी शान्ति पुर्नस्थापना गृह सिद्दार्थनगर १ बेलहिया रुपन्देहीका प्रमुख नितेश चौधरीले बिगत लामो समय देखि बोडरमा काम गरेको आन्तरिक रुपमा काम गर्ने संस्था भएकाले जस्तै ओमसतियामा भएका बाइपास रोड डान्स बार विभिन्न होटलहरूमा संस्थागतरुपमा अनुगमन गरिरहेको र त्यस्मा अनैतिक कामहरु भइरहेको रोक थामको लागि पहल गर्न प्रहरीको ध्यानाकर्षण गराउनुभएको छ। भने प्रहरी बरिष्ठ नायब निरीक्षक खिम बहादुर खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा डा. रामप्रसाद बस्याल,डा.रामप्रसाद ढकाल,उदय कुमार गरका आचार्य, लाल बहादुर यादव, नेपाली कांग्रेसका संजय चौधरी लगायतले आ आफ्नो भनाइ राख्नु भएको थियो। कार्यक्रममा ओमसतिया गाउपालिकाका स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित