राष्ट्रिय दैनिक / नवलपरासी ,९ पुस
प्रतिनिधिसभा सदस्य बिनाेद चाैधरीले बिकास कसैले राेकेर नराेकिने बताउनुभएको छ। पश्चिम नवलपरासीको बर्दघाटमा साेमबार आठौं बर्दघाट महाेत्सव उदघाटन गर्दै सांसद चाैधरीले बर्दघाट क्षेत्रमा उद्योगहरुकाे स्थापना हुने प्रक्रिया अगाडि बढी रहेकाे बताउनुभयाे । उद्योगी व्यवसायीलाई अगाडी बढाउन सम्पूर्ण सराेकारवाला लाग्नुपर्ने सांसद चाैधरीले बताउनुभएको हाे ।
सांसद चाैधरीले बिकासकाे लागि राजनीति नगर्नुहुन जाेड दिनुभएको थियो । यश क्षेत्रका लागि आफुबाट हुने काम र पहल प्रक्रिया अगाडि बढाइरहेको भन्दै जनताकाे हरेक समस्यामा समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभएको थियोे ।

बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्याैपानेकाे अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य विनाेद चाैधरीकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रमबिच महाेत्सव सुरु भएकाे हाे ।
बर्दघाट उद्योग वाणिज्य संघकाे आयाेजना तथा बर्दघाट नगरपालिकाकाे संरक्षकत्व एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशकाे सह-आयाेजनामा महाेत्सव पुस ८ गते देखि १८ गतेसम्म सञ्चालन हुने काेषाध्यक्ष जीतबहादुर चाैधरीले जानकारी दिनुभयाे ।

मेला उदघाटन कार्यक्रममा संविधानसभा सदस्य सिन्धु जलेसा,नेपाल सरकारका सय दिने अभियानका संयाेजक चन्द्र केसी,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी,प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ,जिल्ला समन्वय समिति प्रमुख भगाैती यादव रुदल,बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठ,खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश संयाेजक थान प्रसाद गैरे,वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारा गाैतम लगायतले बाेल्नुभएकाे संघका सचिव डिल्लीराज कंडेल जानकारी दिनुभयाे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

