Rashtriya Dainik

पाल्पाको बगनासकाली गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई म्याद गुज्रेका हरलिक्स वितरण

राष्ट्रिय दैनिक / पाल्पा, ९ पुस

पाल्पाको बगनासकाली गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई म्याद गुज्रेका हरलिक्स वितरण गरिएको छ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बगनासकाली गाउँपालिका वडा नम्बर ८ मा रहेको जेष्ठ नागरिकहरुलाई हरलिक्स , थर्मस , लाइटर र दसल्ला सहित सम्मान गरेको हाे ।

मानव स्वास्थ्य माथि खेलवाड गर्दै वडा र पालिकाले म्याद गुज्रेका हरलिक्स वितरण गरेकाे छ।

वितरण गरिएको म्याद गुज्रेका हरलिक्सबारे पालिकामा जानकारी गराउदा पालिकाका सम्बन्धित ब्यक्ति सुनेर नसुनेझै गरेको स्थानीय बताउँछन् ।

खाद्य सामाग्री भएको हुनाले यसले मानव स्वास्थ्यमा असर पार्नसम्ने भएकोले वितरण गरेको सामाग्रीप्रति स्थानीयहरुले आपत्ति जनाएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित