Rashtriya Dainik

सशस्त्र प्रहरीद्घारा सुस्तामा निशुल्क स्वास्थ्य शिविर

नवलपरासी ,७ पुस

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नवलपरासीमा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ४२२ जना सीमावासीको स्वास्थ्य परीक्षणसँगै औषधी वितरण गरेको छ । शिविरमा ४२२ जना महिला र रुषको उपचार गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर बेलासपुर, नवलपरासीले सुस्ता गाउँपालिकाको वडा नः.५ दिपक माध्यमिक बिद्यालयमा स्वास्थ्य शिविर सन्चालन गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर ,देवदह मेडिकल कलेज र ल्यानस क्लब अफ बुटवल शुभारम्भको संयुतm आयोजनामा कार्यक्रम भएको हो ।


शिविरमा निःशुल्क उपचार गर्नुका साथै महिला तथा प्रसुति ,छाला ,हाड ,नशा, र दात सम्बन्धी विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर बेलासपुर नवलपरासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो।

सो शिविरमा जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यता तथा सुस्ता गाउँपालिका अध्यक्ष ,जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित