राष्ट्रिय दैनिक / बिरपुर , २ पुस
भाेजपुरी फिल्म ‘जानसे प्यारी बहना हमारी’को छायांकन बिहारकाे बिरपुर (सुपाैल )मा सुरु भएको छ ।

बिहारकाे बिरपुर (सुपाैल ) बाट चर्चित भाेजपुरी गायक तथा अभिनेता राजा भाेजपुरीया , सुपाैलकाे सान डिजिटल स्टार साैरभ शर्मा , चर्चित अभिनेत्री प्रियान्सु सिंह र माधबि श्री काे केही दृश्य खिच्दै फिल्मको छायांकन सुरु भएको हो ।

सुटिङकै लागि कास्ट एण्ड क्रिउसहितको टोली बिहार स्थित बिरपुर (सुपाैल) पुगेको छ ।
याे फिल्म सावन एंटरटेनमेंट र प्रीति एंटरटेनमेंट मार्फत बनिरहेको छ।

फिल्मकाे निर्माता राजन देसाई ,सह निर्माता प्रीति शर्मा रहनुभएकाे छ ।

त्यस्तै नेपालकाे चर्चित निर्देशक रमेश बाेगाटीले फिल्मकाे निर्देशन गरिरहनु भएको छ । त्यस फिल्ममा सह निर्देशक आरजि श्यामकाे रहेको छ भने छायांकन कृष्णा पांडेयकाे रहेको छ।

त्यस्तै गीत संगीत राजा भाेजपुरीया ,गाैरभ राेशनीकाे रहेको छ ।

साे फिल्ममा चर्चित भाेजपुरी गायक तथा अभिनेता राजा भाेजपुरीया , डिजिटल स्टार साैरभ शर्मा , चर्चित अभिनेत्री प्रियान्सु सिंह , माधबि श्री,इन्द्रसेन यादव ,चुन्नु पाण्डेय,राहुल श्रीवास्तव ,जय यादव, शुसान्त शर्मा लगाएत कलाकारकाे निकै मनमाेहक कला देख्न सकिन्छ।

फिल्ममा भाइ र बहिनीकाे सम्बन्ध ,माया र पारिवारिक कथाकाे साथै राेमान्स र एक्सन देख्न सकिने फिल्मका अभिनेता राजा भाेजपुरीले जानकारी दिनुभएको छ।




राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

