राष्ट्रिय दैनिक / नवलपरासी ,३० कार्तिक
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशकाे वन तथा वातावरण मन्त्रालयमा नवनियुक्त मन्त्री देवकरण कलवार (सन्तु ) लाई सुस्ता गाउँपालिका कार्यालयमा स्वागत सहित सम्मान गरिएको हो ।

बिहिवार गाउँपालिका कार्यालयमा पुग्नु भएको वन तथा वातावरण मन्त्री कलवारलाई स्वागत सम्मान सहित गाउँपालिकाको अवस्था समस्या र प्रगतिबारे प्रस्तुतिकरण गाउँपालिका अध्यक्ष टेक नारायण उपध्यायले गर्नुभएको थियोे ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता चाैधरी , प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषाल , वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य ,वडा सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।





राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

