आरपि उपाध्याय / नवलपरासी ,२९ कार्तिक
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा न.४ को आयोजनामा कक्षा ८ का छात्रछात्राहरुलाई लागू पदार्थ दुर्व्यसनी, यौन हिंसा,बाल विवाह रोकथाम र चेलीबेटी बेचबिखन लगायत जनचेतनामूलक तालिम वडा कार्यालय नर्सहीमा सम्पन्न भएको छ।

सुस्ता गाउँपालिका वडा न.४ अन्तर्गतका सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
सुस्ता गाउँपालिका वडा न.४ की वडा एवं कार्यपालिका सदस्य मुना पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका सुस्ता गाउँपालिका वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङले वडा क्षेत्र अन्तर्गतका छात्रछात्राहरुको उपस्थितिमा गरिएको जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक सन्देश दिने बताउदै तालिममा सिकाइएको ज्ञान,सीपलाई दैनिक जीवनमा लागू गरेर सामज र विद्यालय प्रती उत्तरदायित्व पूरा गर्नुपर्ने जिकिर गर्नुभयो।
तालिममा नेपाल राष्ट्रिय मा.वि. का प्रधानाध्यापक राजेश पाण्डे,नर्सही नारायणी बिच हेभन इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक कृष्ण सराफ, सहिद विष्णु पाण्डे,आधारभुत विद्यालयका प्र.अ. कमलेश गुप्ता, आशुतोष इङ्गलिस बोर्डिङ्ग स्कुलका प्र.अ. महातम हरिजन,प्रहरी चौकी नर्सहीका अ.स.ई. भक्त बहादुर खडका लगायतले तालिमको उद्देश्य र विद्यार्थीको सहभागिता बारे प्रकाश पार्नुभएको थियो।

तीन दिनसम्म सञ्चालन भएको तालिममा ज्ञान,सीप,व्यवहार,आनीबानी परिवर्तन हुनुपर्ने कार्याक्रमको मुक उद्देश्य रहेको कार्यक्रम सञ्चालक समेत रहनु भएकी वडा न.४ की वडा सचिव भोज कुमारी जोसीले जानकारी दिनुभयो।
तालिममा नेपाल प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश बि.क. र पत्रकार आर.पि. उपाध्यायले सहजीकरण गर्नुभएको वडा सदस्य भान कुमार भरले बताउनु भएको थियो।
तालिममा २२० छात्रछात्राहरुको सहभागिता रहेको आयोजकले बताएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

