राष्ट्रिय दैनिक / नवलपरासी ,२३ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहियामा छठ पूजनोत्सव एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कोटही मन्दिर संरक्षण संस्था सरावल गा.पा.-४, गोबरहियाकाे आयाेजनामा काेटही मन्दिर संरक्षण संस्था अध्यक्ष राजेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हाे।

सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठ पर्व धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम, जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । नेपाल एउटा बहुजाती, बहुभाषी र बहुसंस्कृतिले भरिएको देश हाम्रो नेपालमा प्रत्येक ब्यक्ति अफ्नो जातजाति कलासंस्कृति जगेर्ना गर्नमा लाग्नुपर्नेमा जोड दिनुभयो । गोबरहिया कोटहि दुर्गा मन्दिरलाई धार्मिक र पर्यटकीय क्षेत्र बनाउनमा अमुल्य सहयोग र साथ हुने जानकारी गराउदै सो क्षेत्रको बिकास निर्माण कार्यमा सदैव आफु अगाडि रहने प्रतिबध्दता समेत ब्यक्त गर्नुभएको हो।

कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन ,वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव ,सरावल ४ वडा सदस्य रन्जना महताे ,निवर्तमान वडा अध्यक्ष छेदी प्रसाद चाैधरी , समाजसेवी सुरेश चाैधरी ,समाजसेवी माहेन बिश्वकर्मा, पत्रकार उमेश बि.क लगाएतले छठकाे महत्त्वबारे बाेल्नुभएकाे थियो ।

इन्द्र बहादुर चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन शिव प्रकाश चाैधरीले गर्नुभएको थियोे ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

