राजन कुमार बानियाँ/ पर्सा, २१ असार ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा लायन्स क्लब अफ पोखरियाको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेसकी महिला नेत्री आशा चौहानले गरेकी थिइन्। कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष निजामुद्दिन समानीको उपस्थिति रहेको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व कृषिमन्त्री तथा नेपाली कांग्रेसका नेता जनार्दन क्षेत्री सहभागी भएका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा पोखरिया नगरपालिकाका पूर्व मेयर मन्टु रौनियार तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति किसुन चौहानको उपस्थिति रहेको थियो।

कार्यक्रममा पोखरिया नगरपालिका–९ का पूर्व वडाध्यक्ष रामबाबु चौहान, वर्तमान वडाध्यक्ष नौसाद आलम तथा वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण शाह कानुसहित विभिन्न जनप्रतिनिधि तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
त्यस्तै, कार्यपालिका सदस्य रामवचन महतो, नन्दकिशोर चौहान, कृष्ण पटेल, मनोज पण्डित, गोपचन शाह, जयप्रकाश कुमार, गोरख शाहलगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले वृक्षरोपण केवल कार्यक्रममै सीमित नराखी रोपिएका बिरुवाको संरक्षणमा समेत सबैको समान जिम्मेवारी रहने धारणा व्यक्त गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

