Rashtriya Dainik

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय

काठमाडौं : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसलासमेत सुनाएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको हो।

उच्च अदालत पाटनले ५ वर्षको कैद सजाय सुनाएपछि उक्त फैसलाविरुद्ध मनाङे सर्वोच्च पुगेका थिए। २०६१ मा मनाङेले चक्रे मिलनमाथि तरबार आक्रमण गरेका थिए। सोही घटनामा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मनाङेविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।

काठमाडौं जिल्ला अदालतले कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो। त्यसपछि उच्च अदालत पाटनले उक्त फैसला पल्टाउँदै ५ वर्ष कैद सजाय सुनाएको थियो। उक्त मुद्दामा मनाङे २ वर्ष जेल सजाय काटिसकेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित