आरपि उपाध्याय / नवलपरासी
पश्चिम् नवलपरासी नारायणी पारिको सुस्तामा हतियार सहित दुई भारतीय बन सुरक्षा कर्मि प्रवेश गरेका छन।
भारतीय बन रक्षक हतियार सहित सुस्ता प्रवेश गरेको थाहा पाय पछि सुस्ता बसिहरुले घेरा हालि नियन्त्रणमा लिये लगत्तै सुस्ता स्थित नेपाली सुरक्षा निकायलाई खबर गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जैसवालले जानकारी दिनु भयेको छ ।
हतियारधारि भारतीय सुरक्षा कर्मि सुस्ता प्रवेश पछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिये पश्चात समान्य सोधपुछ पछि भारत तर्फनै फर्काइ दियेको सुस्ता स्थित सुरक्षा निकायले जानकारी दियेको छ ।
बन सुरक्षा कर्मिहरु शुक्रबार साँझको समयमा BR -22BJ-4426 नम्बरको जीपमा सुस्ता प्रवेश गरेको जानकारीमा आयको बताइएको छ ।
यस सम्बन्धमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ सङ्ग प्रतिक्रिया लिदा भारतीय बन बिभागका सुरक्षा कर्मि भारतीय जङ्गलको निरीक्षण गर्दा भुलले नेपाल प्रवेश गरेको स्विकारे पछि उनिहरुलाइ भारत तर्फ नै फर्काइएको प्रतिक्रिया दिनु भयो ।

स्मरणीय छ नेपाली सुरक्षा कर्मि हरुले सुस्ता भुमिमा गस्ति गर्दा भारत भुमिमा प्रवेश नहुने तर भारतीय बन सुरक्षा कर्मिले गस्ति गर्दा नेपाल भुमिमा प्रवेश गर्नुलाइ अर्थपूर्ण रुपमा हेरियको छ ।
भारतीय सुरक्षा कर्मिहरु यस पुर्व पनि बिभिन्न बहाना बनाउदै सुस्ता भुमिमा प्रवेश गर्ने गरेको पनि जानकार हरुले बतायका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

