नवलपरासी – पश्चिम नवलपरासीको सुनवल ६ मा मंसिर ३ गतेदेखि ११ गतेसम्म आयोजना हुने “श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८१” को तयारी गरिनुका साथै महायज्ञको प्रयोजनका लागि भूमि पूजन तथा सचिवालय उद्घाटन भएको छ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचक पण्डित श्री बासुदेब घिमिरे द्वारा कथा बाचन हुने महायज्ञ १०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनाको उद्देश्यले आयोजना गरिएको हो।

महायज्ञ मुल समिती संयोजक सीता तिमिल्सिनाको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिमला अर्याल, विशेष अतिथि नगर उपप्रमुख सूर्यप्रसाद दुबे र निबर्तमान नगरप्रमुख भिमबहादुर थापा , अतिथिहरु मोहन कार्की , भबिश्वर तिवारी , केशब भण्डारी , मुक्तिबहादुर भण्डारी , थानप्रसाद गैरे , जीवन पौडेल , पदम काफ्ले , उत्सब पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

महायज्ञको संयोजक सीता तिमिल्सिना लगायत स्वागत गर्दै महायज्ञको बारेमा जानकारी दिनु भएको थियो भने कार्यक्रम संचालन महायज्ञ मुल समिती सचीव ओमकान्त तिमिल्सिनाले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

