आरपी उपध्याय / नवलपरासी १४ कार्तिक
राष्ट्रिय सभाको उपाध्यक्ष बिमला घिमिरेले धार्मिक तिर्थ स्थललाई पर्यटन संग जोड्न सकिएमा समृद्धिका साथै धार्मिक आस्थाको विकास गर्न सकिने बताउनु भयो।
उपाध्यक्ष घिमिरेले त्रिवेणीको गजेन्द्र मोक्ष धामले संकटमा परेका जिवजन्तुलाई उद्धार र मोक्ष दिएको धार्मिक भनाइलाई हालको वर्तमान समयमा पनि सबैलाई धार्मिक शुत्रमा बाधेको बताउदै आफू काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री संग त्रिवेणी क्षेत्रको विकास र त्रिवेणी दुम्किबास सडक बारे ध्यानाकर्षण गरिने विचार व्यक्त गर्नुभयो।
पुर्वी नवलपरासीको त्रिवेणी स्थित गजेन्द्र मोक्ष धाममा बुधबार बिहान आइपुग्नु भएकी उपाध्यक्ष घिमिरेले सो कुरा बताउनु भएको हो।
उपाध्यक्ष घिमिरेले बहुचर्चित त्रिवेणी धामको शिवालय घाट र सुस्ता गाउँपालिका ५ मा पर्ने हालै निर्माण भएको नेपालको सबभन्दा लामो झोलुङ्गे पुलको पनि निरीक्षण,अवलोकन गर्नुभयो।
त्रिवेणीको गजेन्द्र मोक्ष धाममा आइपुग्नु भएकी उपाध्यक्ष घिमिरेलाई गजेन्द्र मोक्ष धामका करपात्री स्वामी कृष्ण प्रपन्नाचार्य र विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाह,प्रीतम बहादुर गुरुङ,मोहन घिमिरे लगायतले स्वागत गर्नुभएको थियो।राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेको साथमा राष्ट्रिय सभा सदस्य सरीता खनाल, सुनवल नगरपालिका प्रमुख बिमला अर्याल लगायतको पनि सो अवसरमा उपस्थिति रहेको जानकारीमा आएको छ।
त्रिवेणी दुम्किबास सडक त्रिवेणी बासीहरुको लागि पुरानै माग भएपनी चितवन राष्ट्रिय निकुञ्जको कानुनी जटिलताले सो सडक हालसम्म पनि बन्न सकेको छैन। उक्त सडक नबन्दा विनयी त्रिवेणी वडा न.६ र ७ का जनताहरु ६० किलोमिटर घुमाउरो दाउन्ने सडकको प्रयोग गर्न बाध्यता रहेकोे त्रिवेणी क्षेत्रका जनताहरुको पीडा हालसम्म पनि कायमै रहदै आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

