Rashtriya Dainik

दाङमा बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले गरे हिरासतमै आत्महत्या

दाङ,१२ कार्तिक

दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका एक सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन् । भालुबाङमा बालिका बलात्कारको अभियोगमा सशस्त्र प्रहरीका रेवन पचभैया मगरपे शुक्रबार पक्राउ परेका थिए ।

आफैँले लगाएको कपडाको पासो बनाई वडा प्रहरी कार्यालयको हिरासतमै झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनी भेटिएको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले जानकारीले दिए ।

प्युठान बडडाडा घर भएका सशस्त्र प्रहरी जवान पचभैयाले गन्जी र टिसर्टको पासो लगाएर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा बिहान ५ बजे शव फेला परेको थियो । मृत्यु रेवनले बयानमा बालिका बलात्कार गरेको स्वीकार गरेको थिए। उनले आत्मग्लानी समेत गरेको बताएको प्रहरी स्रोतले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित