Rashtriya Dainik

सरावलमा काेपाेमिस सम्बन्धि अभिमुखिकरण,सहकारीहरु प्रविधि मैत्री हुनु पर्नेमा जाेड

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा काेपाेमिस सम्बन्धि तालिम सम्पन्न भएको छ।

सरावल गाउँपालिकाकाे आयाेजनामा ४ दिने काेपाेमिस सम्बन्धि तालिम सम्पन्न भएको हाे।

सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले कृयाशील सहकारी संस्थाहरूकाे नियमन, प्रशिक्षण र प्रवर्द्धन स्थानीय तहले गर्ने भएकाेले सहकारीहरू स्थानीय तहमा सुचीकृत भइ संचालन गर्न र डाटाहरू अनलाइन राख्नुपर्ने सहकारी विभाग र काेपाेमिस समाविष्ट गर्नुपर्ने आवश्यकतालाई महसुस गरि पालिकाले याे तालिम संचालन गरेकाे बताउनुभयो । अध्यक्ष चाैधरीले यश तालिमबाट सहकारी संचालनमा सहयाेग पुग्ने बताउनुभयो । वहाँले सहकारीहरु प्रविधिमैत्री हुनुपर्ने जाेड दिनुभएको थियो ।

उक्त तालिममा पालिका क्षेत्र भित्रका सहकारी संस्थाकाे ब्यवस्थापक र अध्यक्षहरूकाे उपस्थिति रहेकाे थियो।

कार्तिक ९ गते सम्पन्न भएको तालिमको सहजिकरण कमल कान्त खनाल ,लघु उद्यम शाखा प्रमुख राजन बस्याल र सुचना प्रविधि शाखा रिना कुर्मीले गर्नुभएको थियोे ।


तालिममा लेखाशाखा प्रमुख नारायण पाण्डेय,याेजनाशाखा प्रमुख इश्वरी प्रसाद खनाल ,प्रेम कुमारी चाैधरी लगाएतले तालिमकाे बिषयवस्तुबारे धारणा राख्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित