राष्ट्रिय दैनिक /नवलपरासी, १० कात्तिक ।
लुम्विनी प्रदेश सरकारका नवनियुक्त बन तथा बातावरण मन्त्री देवकरण प्रसाद कलवार ( सन्तु )ले आज पनि गृह जिल्लामा जनताको घरदैलोमा पुगेर खुसीयाली साटासाट गर्नुभएको छ ।

मन्त्री भएपश्चात पहिलो पटक गृह जिल्ला आउनुभएको मन्त्री कलवारले सो क्रममा निर्वाचन क्षेत्रका बिभिन्न स्थानका जनताको घरदैलोमा पुगी यसको चौतर्फी बिकास बारे छलफल गर्नुभएको हो ।

आजै मन्त्री कलवारकालागी त्रिभुवन क्याम्पस बेलाटारी आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी बन्नुभयो । सो क्रममा बोल्दै मन्त्री कलवार यस क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

आजै मन्त्री कलवारले त्रिबेणी स्थित गजेन्द्रमोक्ष धामको पनि दर्शन गर्नुभयो भने सुस्ता गाउंपालिका अन्तर्गत वडा न. १ र २ मा स्थानिय संग भेटघाट गरी यस क्षेत्रको विकास वारे जनता संग छलफल गर्नुभयो ।

यसैगरी मन्त्री कलवारले जनताको घरदैलोमा पुगेर यस क्षेत्रका विकासका लागी जनता संग छलफल गर्दै आउनुभएको हो । यसैगरी सुस्ता ५ स्थित नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी एवं्म् जिल्ला समवन्य समितीका पुर्व सदस्य कृष्ण बहादुर थापाको घरमा पुगेर आमाको हालै भएको निधन प्रति दुख ब्यक्त गर्दै शोक संतप्त परिवार प्रति समबेदना प्रकट गर्नुभयो ।

यसैगरी मन्त्री कलवारले सुस्ता ५ स्थित शिक्षक राम प्रबेश कुर्मीको घरमा पुगेर आमा बुबाको स्वास्थ्य लाभको कामना गर्नुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

