Rashtriya Dainik

शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. काे १३ औं साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,९ कार्तिक

शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लि. विनयी त्रिवेणी ७ रानीनगरको १३ औं साधारणसभा शिवपुरगढीमा शुक्रबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष प्रकाश कुवरको अध्यक्षतामा आयोजित साधारणसभाका प्रमुख अतिथि विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेशकार्कीले सहकारीको माध्यमबाट बिपन्नतालाई हटाउन सकिने धारणा राख्नुभयो।
साधारणसभामा अध्यक्ष कुवरले वार्षिक प्रतिवेदन र लेखा समिती सदस्य मदन कुशवाहले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।


साधारणसभामा कुल ७ करोड ४० लाख ५६ हजार २ सयको बजेट प्रस्तुत गरिएको थियो भने संस्थाले गत आर्थिक वर्षमा ३४ लाख २४ हजार ८ सय शुद्ध नाफा हासिल गरेको संस्थाका कोषाध्यक्ष राजकुमार रायमाझीले जानकारी दिनुभएको छ।
साधारणसभामा साना किसान कृषि सहकारी संस्थाकी प्रबन्धक सरीता शर्मा, वडा न.६ का वडा सदस्य विष्णुप्रसाद चौलागाईं,दिपक कुवर लगायतले सहकारी गतिविधि माथी प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक शोभा पौडेलले जानकारी दिनुभयो।


२०६५ सालमा स्थापना भएको शुभ लाभ बचत तथा ऋण सहकारी संस्थामा हाल महिला १०८,पुरुष १४० गरि कुल २४८ सेयर सदस्य रहेको साधारणसभा जानकारी गराइएको थियो।
साधारणसभामा अधिक बचत कर्ता, अधिक सेयर पुजी र वृद्ध सेयर सदस्यहरुलाई सम्मान गरिएको पनि आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित