Rashtriya Dainik

अनेरास्ववियुले गरायो प्रजिअको ध्यानाकर्षण,विद्यालय बसमा सिट भन्दा धेरै विद्यार्थी राख्न नदिन आग्रह

राष्ट्रिय दैनिक / नवलपरासी ,७ कार्तिक

अनेरास्ववियु नवलपरासीले विद्यालय बसमा सिट भन्दा धेरै विद्यार्थी राख्ने गरेको भन्दै प्रजिअ र समन्वय प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नवलपरासीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विद्यालयहरुले विद्यार्थी बोक्ने बसमा बालबालिकाहरुलाई यातना हुने गरी खचाखच गराएको प्रति ध्यानकर्षण भएको जनाउँदै सहज र सरल रुपमा सिट संख्याका आधारमा मात्रै विद्यार्थी बोक्न विद्यालयहरुलाई निर्देशन दिन र त्यसको अनुगमन गर्न अनुरोध गरेको छ ।

त्यस्तै अनेरास्ववियुले जिल्ला समन्वय समिति नवलपरासीको प्रमुख भगाैती प्रसाद यादव (रुदल) लाई समेत ध्यानकर्षण बुझाएका हुन ।

जिल्ला अध्यक्ष सन्जय माैर्य (भाेलेनाथ) को नेतृत्वमा विद्यार्थीहरुको समुहले ज्ञापनपत्र बुझाउँदै जिल्लाका अधिकांश निजी तथा सामुदायिक विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा दुई गुणा बढी विद्यार्थीहरु बोकेकाले सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुने तर स्कुलबसहरुले ८० भन्दा धेरै विद्यार्थी बोक्ने गरेको दुखद परिस्थिति रहेको बताउँदै तत्कालै सुधार गर्न अनुरोध गरेको छ।


पश्चिम नवलपरासी भित्रका निजि बिद्यालयहरुले स्कुल बस सन्चालन गर्दा सिट क्षमता भन्दा बढी बिद्यार्थी बोकिरहेको जनगुनासो र देशका बिभिन्न स्थानहरुमा स्कुल बस दुर्घटना भइ बिद्यार्थीहरु घाइते र ज्यान समेत गुमाउदै आइरहेको बिभिन्न मिडिया एवम् सामाजिक सञ्जाल मार्फतमा समेत सुचना प्राप्त भएकोले अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष माैर्य बताएका हुन ।

अभिभावकहरुसँग भाडा बापत चर्को शुल्क लिने निजि बिद्यालयहरुले सिट संख्या भन्दा दोब्बर बिद्यार्थीहरु राखि भेडा बाख्रा जस्तै ब्यवहार गरेकोमा यसले बिद्यार्थीहरुको जीवनमा ठुलो खेलवाड एवम् लापरवाही भइरहेको हुँदा यसलाइ तत्काल जिल्लाब्यापी रुपमा चेकजाच एवम् अनुगमन गरी तत्काल कार्वाही गर्नुहुन जोडदार माग गरेका हुन । साथै साे बिषयमा समेत ध्यानाकर्षण गराइ कार्वाहीको माग गरेका हुन । मागहरु बेवास्ता गरिएमा अनेरास्ववियु नवलपरासी कडा भन्दा कडा आन्दोलनमा उत्रने समेत अध्यक्ष माैर्यले राष्ट्रिय दैनिकलाई जानकारी दिइएका हुन ।

ध्यानाकर्षण पत्र बुझाउनका लागि जिल्ला अध्यक्ष माैर्य सहित विद्यार्थी ईन्चार्ज सुसान्त घिमिरे, अनेरास्ववियु केन्द्रीय सदस्य एवम् नवलपरासी ईन्चार्ज निरज पाैडेल, पुर्व अध्यक्ष निरज खड्का लगायतकाे उपस्थिति रहेको थियो ।

अनेरास्ववियुकाे मागहरु :

१.संस्थागत विद्यालयका बसले सिट संख्या भन्दा बढी बिद्यार्थीहरु बोकिरहेकोले त्यसलाइ तत्काल कार्यवाही गर्नुपर्ने ।

२.भारतिय बोर्डरको सिमाना सँग जोडिएका निजि बिद्यालयहरुले भारतिय नम्बर प्लेटको गाडीमा विद्यार्थीहरु ओसारपोसार गरेको देखिएकोले अनुगमन गरी कार्वाही गर्नपर्ने ।

३.निजि बिद्यालयमा प्रयोग हुने धरैजसो बस चालकको लाइसेन्स नभएको र बसको बिमा एवम् नविकरण समेत नभएकोले कार्वाहि सहित नियमको दायरामा ल्याउनुपर्ने ।

४.बिद्यार्थीसँग लिने बस भाडा रकम मितव्ययी हुनुपर्ने ।

५.विद्यालयले विद्यार्थीहरुको बिमा अनिवार्य रुपमा गर्नुपर्ने ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित