राष्ट्रिय दैनिक / नवलपरासी , ७ कार्तिक
पश्चिम नवलपरासीमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा पनि ट्राफिक प्रहरीको निगरानी बढेको छ।
जिल्ला अन्तर्गत पर्ने रामग्राम,बर्दघाट ,सुनवल,सरावल ,पाल्हिनन्दन,प्रतापपुर र सुस्ता गाउँपालिका अन्तर्गतको ग्रामीण भेगमा ट्राफिक प्रहरीले चेकिङकाे नाममा आतंक मच्चाउने गरेको गुनासो जनस्तरबाट आउने गरेको छ ।
ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीकाे चेकिङ बढेपछि माेटरसाइकल चालकहरु एक गाउँबाट अर्को गाउँमा जादा समेत ट्राफिक प्रहरीकाे फन्दामा परेर २००/३०० दिइएर उम्किने गरिरहेकाे एक चालकहरु बताएका हुन ।

चेकिङ गर्ने नाममा नवलपरासीको ग्रामीण भेगमा समेत ट्राफिक प्रहरीले जथाभावी चेकप्वाइन्ट राख्ने गरेको छ । बिना हाेटिङ बाेर्ड राखी मनाेमानि ढंगबाट सवारीसाधन चेकचाज गरिरहेकाे बर्दघाट नगरपालिका ५ का महादेव शर्माले बताएका छन । शर्माले आफू त्रिवेणीबाट आउदै गर्दा तेलहा डाडाँ र गाेपिगन्जकाे बिचमा लुकेर दुई जना ट्राफिक बसेरहेकाे र कागजात चेकजाँच गर्दा लाइसेन्स घर छुटेकाेले ति ट्राफिकहरु चिट काट्नुकाे सट्टा दुई सय लिएर छाेडेकाे बताए । शर्माले साेमबार दिउँसो करिब ४ बजेतिरकाे कुरा रहेको बताए ।
महादेव प्रतिनिधि पात्र मात्र हुन महादेव जस्ता २००/३०० मा ट्राफिकहरु बिकेकाे तमाम चालक गुनासो गर्ने गरेका छन।
चेकिङ गर्नै नहुने ठाउँमा समेत ट्राफिक प्रहरीले चालकलाई रोक्ने २००/३०० लिने तथा चिट काट्ने गरेको जानकारहरू बताउँछन् ।
प्रहरी चेकिङ भइरहेको भनेर चालकका लागि कुनै संकेत पनि राखिदैन । ट्राफिक प्रहरीले जे गर्दा पनि नेपालमा छुट छ । पावरकाे आडमा चालकहरुसित पैसा असुल्ने नियतले अहिले जताततै ट्राफिककाे चेकजाँच बढेको छ।
मूल सडकबाहेक अधिकांश ठाउँमा घुम्ती पारेर चेकिङ पोइन्ट राखिएको हुन्छ । चेकिङ भइरहेको ठाउँभन्दा करिब पचास/सय मिटर वर एक जना प्रहरी जवान लुकेर/ढुकेर बस्छन् । दसैँ, तिहार लगायत चाडपर्व लच्क्षित यस्ता चेकिङ प्वाइन्ट झन् धेरै देख्न सकिन्छ ।
गाउँ घरमा तथा बढी भीडभाड हुने क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ। ट्राफिक प्रहरीको फितलो उपस्थितिले चालक मनलाग्दी सवारी साधन चलाउँछन्, पार्किङ गर्छन्। नो पार्किङ बोर्ड लगाएको ठाउँमा समेत गाडिहरु पार्किङ गरिरहेको पाईन्छ।
ट्राफिक प्रहरीले भारतीय मालबाहक ट्रक, रूपन्देही तथा नवलपरासीस्थित उद्योगहरूमा कच्चा पदार्थ ओसार्ने ट्रक, गिट्टी, बालुवा बोक्ने टिप्परसँग नियमित रकम बटुल्दै आएकोरा छन। जिल्ला बाहिर जाने गाडीको रसिद काटी जरिवाना असुल्ने र जिल्लाभित्र अनलोड हुनेसँग पैसा लिएर छाड्ने गरेको एक चालक नाम नलेख्ने सर्तमा बताए ।
यसरी ट्राफिक प्रहरी अहिले ट्राफिक ब्यवस्थापन गर्नु भन्दा बढी पैसा असुलिमा ब्यस्त भएको पाइन्छ । चाड पर्व नजिकिए संगै अहिले चहलपहल बढेको बेला ट्राफिक ब्यवस्थापन गर्नु पर्ने जिम्मा पाएको ट्राफिक प्रहरी अहिले पैसा उठाउनमा ब्यस्त भए पछि नवलपरासीको ट्राफिक ब्यवस्थापन फितलो भएको छ ।
नवलपरासीको सशस्त्र प्रहरी , ट्राफिक प्रहरी र प्रहरी जवानहरु अहिले नवलपरासीको विभिन्न नाकाबाट मालसमन बोकेर आउने गाडीबाट महिनावारी उठाउनमा ब्यस्त भएको श्रोतले बताएको छ ।
रकम असुलीले अहिले नवलपरासीको प्रहरी प्रशासन सहित ट्राफिक ब्यवस्थापन भद्रगोल भएको छ भने यता चालकहरु समेत रकम असुली आतंकले दुखित भएका छन ।
ट्राफिक ब्यवस्थापन मजबुत हुनु पर्ने ठाउँमा ट्राफिक ब्यवस्थापन भद्रगोल भए पछि अहिले दुर्घटनाको जोखिम बढेको छ ।

मालबाहक सबारी साधनलाई रोकेर चेकजाँचको नाममा सवारी साधनलाई दुःख दिने गरेको समेत गुनासो चालकहरुको रहेको छ ।
यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

