Rashtriya Dainik

डायलासिस गर्नु पर्ने बिरामिलाई अस्पताल आउजाउ गर्न यातायात निशुल्क

राष्ट्रिय दैनिक / नवलपरासी , ६ कार्तिक

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले डायलासिस गर्ने बिरामीहरुका लागि अस्पताल सम्म पुग्ने यातायात सेवा निशुल्क गरेको छ।मृगौलामा समस्या भै नियमित डायलासिस गर्नु पर्ने बिरामिको यातायात बापतको खर्च नगरपालिका बेहोर्ने भएको हो ।

नगरपालिकाले चालु आर्थिक बर्ष ०८१/८२ का लागि उक्त कार्यक्रम आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ ।उक्त कार्यक्रमका लागि नगरपालिकाले बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल सग सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो ।

मुलतःनियमित डायलासिस गर्ने बिपन्न नागरिकले अधिकतम लाभ लिउन भन्ने उदेश्यले कार्यक्रम लागू गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।”खासगरी बिपन्न नागरिक लाभान्वित होउन भन्ने उदेश्य हो यद्यपि डायलासिस गर्नु पर्ने अन्य नगरबासिले पनि यो सेवा लिन सक्नु हुनेछ “नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

गौतमबुद्द अस्पतालले बिरामिहरुको आउजाउका लागि अस्पतालकै बस संचालन गरेको र बर्दघाट बाट सेवा लिने बिरामिहरुको दोहोरो बस भाडा नगरपालिकाले बेहोर्ने गरि रु ५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

नगरपालिकाले नगरबासिका लागि मोतिया बिन्दुको शल्यक्रिया समेत निशुल्क गरेको छ ।सदरमुकाम परासीमा रहेको बिनोत निता कंडेल आँखा अस्पताल सग नगरपालिकाले ५ लाख रकम को सम्झौता गरेको छ ।अघिल्लो आर्थिक बर्षमा पनि १ सय २६ जना नगरबासिले मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सेवा लिएका थिए ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा डायलासिस उपकरण राख्ने प्रयास भैरहेको र कार्यापालिकाले निर्णय गरि मन्त्रालयमा फाईल अघि बढाउने तयारी भैरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

केही दिन अघि मात्रै संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उक्त अस्पतालको निरीक्षण गरि कार्यपालिकाको निर्णय सहित मन्त्रालयमा फाईल पठाउन अनुरोध गर्दै त्यसका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित