Rashtriya Dainik

कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री देबेन्द्रराज कण्डेल अस्वस्थ

राष्ट्रिय दैनिक / नवलपरासी ,२८ असाेज

नेपाली कांग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल अस्वस्थ भएका छन्।

शनिबारदेखि अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको कण्डेलकाे स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिए।

उनका अनुसार नेता कण्डेललाई ढाड दुख्ने जस्ता समस्या देखिएकोले पश्चिम नवलपरासी स्थिति महेशपुर निवासमा आराम गरिरहेका छन्।

ढाड दुखाइ बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्। उनी राजनीतिक भेटघाट बन्द गरेका छन

कार्यक्रममा र बढी भेटघाटमा व्यस्त हुँदा संक्रमण होला भनेर आराम गर्न डक्टरले भनेका हुन। कण्डेल ‘दुई तीन दिन आराम गरेपछि स्वास्थ्यमा सुधार आउने डाक्टरले परामर्श दिइएका छन ।

कण्डेलका स्वकीय सचिव रायमाझीले पुर्व मन्त्री ज्युकाे अवस्था अस्वस्थ रहेकोले निवास आएर भेटघाट लगाएतकाे क्रियाकलाप नगरिदिन शुभचिन्तकहरुलाई आग्रह गरेका छन।

नेता कण्डेल नेपाली काङ्ग्रेसका प्रभावशाली नेता हुन । उनी पुर्व गृह राज्यमन्त्री समेत रहेका थिए , भने हाल नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा काङ्ग्रेस सहकारी बिभाग प्रमुख समेत हुन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित