Rashtriya Dainik

लंगडी चौकमा दुर्गा माता रानीको मुर्तीको वडा अध्यक्ष मियाँले गरे उद्वघाटन

राजन कुमार बानिया /पर्सा ,२४ असोज

बिजयादशमीको उपलक्ष्यमा पर्साको लंगडी चौकमा भईरहेको दुर्गा पुजामा अाजको दिन बाजागाँजाको साथ निकालिएको मातारानीको डोली पुरै लंगडी ,बखरी गाउँ परिक्रममा गरि दुर्गा पुजा स्थलमा अाएको थियो ।

दुर्गा महारानीको मुर्तीको अनुवारमा लगाएको पटी एक कार्यक्रमका बिच धोबिनी गापालिका वडा नं ४ लंगडीका वडाअध्यक्ष अबास मियाँ चुरिहारले पटि हटाएर उद्वघाटन गर्नु भएको थियो। उद्वघाटन कार्यक्रममा दुर्गा पुजाको अचार्य सोनु पाण्डेले मन्त्र उचारण गरि पुजा गराउनु भएको थियो ।

उद्वघाटन कार्यक्रममा लंगडी दुर्गा पुजा समितिका अध्यक्ष बिरेन्द्र साह , कमरुल मियाँ , लालबाबु पटेल, संजय पटेल , हरेन्द्र साह,पारस साह कलवार,पिन्टु पटेल, लगायत महिला ,पुरुष भक्तजन हरुको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित